मधेसी एसोसिएसन इन अमेरिका क्यालिफोर्निया च्याप्टर द्वारा लसएन्जल्समा छठ पर्व सम्पन्न
क्यालिफोर्निया(अमेरिका)- मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले हिन्दु नेपालीहरूको विशेष चाड छठ पर्व मनाएका छन् । सो पर्वको अवसरमा नेपाली धर्म, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने उध्येश्यका साथ लसएन्जल्समा पहिलो पटक नोभेम्बर १३ तारिख बेलुकी ६:०० बजे सुर्यास्त समयमा छठ पुजाको शुरुवात गरि नोभेम्बर १४ तारिख बिहान ७:०० बजे सुर्योदय सगै सुर्यको पुजा गरि छठ पुजा कार्यक्रम डा.दिपेन्द्र महतो र वन्दना महतोको आफ्नै निवासमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित सहभागिहरुको निम्ति खानपिन तथा पुजाकोप्रसाद आयोजक पक्षले निशुल्क प्रदान गरिएको थियो । उक्त पुजामा लसएन्जल्स अबस्थित लसएन्जल्स बासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु र संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी सबैलाई छठी माताले कल्याण गरुन् र नेपालीहरुको महान पर्व छठ पुजामा उपस्थिति हुनुहुने सबैलाई मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्नियाका च्याप्टर अध्यक्ष दिनेश शाहले धन्यबाद समेत ब्यक्त गरेका थिए।
सामाजिक अभियन्ता ददीराम ढुगानाले नेपाली समुदायिक भवनको संक्षिप्त अवधारणा (Project Brief) प्रस्तुत गर्दै (भिडियो सहित)
आटम् भो भन्दै पंचेबाजा लिएर आए किरण मानिके (भिडियो सहित)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प्ले भने ‘चिठ्ठा पद्धति दुर्भाग्य ‘
नर्थ क्यारोलाइनामा नेपालीद्वारा ट्याक्स व्यवसाय संचालनमा
ताजा जानकारी : सिकागोमा बन्दुकधारीको गोली बाट ५ जनाको मृत्यु,५ जना प्रहरी घाइते
प्रतिक्रिया