नेपाल हाउसमा अमेरिकाका नेपाली चमेनागृहहरुका संचालकहरुको भेला ,शिघ्र संगठन निर्माणको घोषणा हुने
अमेरिकाका भर यत्र तत्र छरिएर रहेका नेपालीहरुद्वारा संचालनमा रहेका नेपाली चमेनागृहहरुलाई एकताको डोरीमा बाध्ने मुख्य ध्येयले चमेना गृहका संचालकहरुको भेला बाल्टिमोरमा सम्पन्न भएको छ । अमेरिकाका विभिन्न राज्य तथा शहरमा स्थापना भएका चमेना गृह तथा भोजनालयलाई संगठित बनाउने उद्धेश्यले पहिलो प्रयास स्वरुप एकताको माला बुन्ने प्रयासको प्रारम्भ गरिएको छ ।
गत बुधबार नोभेम्बर १४ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहर स्थित नेपाल हाउसमा डीसी महानगर क्षेत्रमा संचालनमा रहेका चमेना तथा भोजनालयका संचालक तथा प्रतिनिधिहरुको करिव ३ दर्जन भन्दा ज्यादाको सहभागी रहेको थियो ।
महा बाणिज्य दुत तथा नेपाल हाउसका संचालक प्रेम राजा महतको बिशेष अगुवाईमा कसरी संगठित हुने ,एकतामा बाधिने ,परस्परमा सहकार्य गर्ने ,कसरी एक आपसमा सहयोग गर्ने ,कसरी विद्यमान व्यवसायलाई माथि उकास्ने र कसरी व्यापक रुपमा नेपालीहरुका चमेनागृह तथा भोजनालय व्यवसायलाई वृद्धि गर्ने तथा अन्य बिषयमा छलफल गरिएको छ ।
उक्त भेलामा ठुला स्तरमा रहेका चमेना गृहले अप्ठ्यारो ,मुनाफा कमाउन नसकेका ,व्यापार कठिन अवस्थामा रहेका चमेनागृहलाई सहयोग गर्ने र एक आपसमा समन्वय गर्ने कुरामा पनि छलफल भएको छ ।
अमेरिकामा चमेना गृह व्यवसाय गर्दै आएका भारतीय तथा अन्य मुलुकका व्यवसाय व्यवसायीहरु यो पेशा त्यागेर अन्य ठूला व्यवसायमा हात हाली सकेका साथै ५ तारे सम्मका होटल र मोटल ( अतिथि गृह) मा लागि सकेको अवस्थामा नेपाली व्यवसायीहरु पनि माथि उठ्नु पर्ने नेपाल हाउसका प्रेम राजा महतले बताउनु भयो ।
तर अधिकांश नेपाली संचालक तथा साहुहरु यसै व्यवसायलाई निरन्तरता दिई रहेको पाइएको छ । नेपालबाट आए पछि प्रारम्भमा चमेना गृहमा काम गर्ने नेपालीहरुले सोही चमेना गृह किनेको पाइन्छ । यही व्यवसाय रोजी संचालनमा रहेको पाइएकोले अब एकत्रित तथा संगठित भएर ठूला होटल ( पाहुना घर ) आदी ईत्यादीमा समेत जानु पर्ने समेत छलफल उक्त भेलाले गरेको छ । गत नोभेम्बर १४ का दिन देखि नै एकै ठाउँ मार्फत अनलाइन(बिधुतिय प्रक्रिया) खाना अर्डर (आदेश)दिने प्रणालीको शुभारम्भ गरेको छ । उपस्थित रहेका सहभागीहरुले थुप्रै सल्लाह सुझाव पेश गर्नु को साथै जिज्ञाशा राखेका थिए ।
निकट भबिष्य मै अमेरिका भरका सबै चमेना गृह तथा भोजनालयलाई एकै मालामा बुन्ने र संगठित गर्ने लक्ष्य रहेको बुझिएको छ । चाडै संगठनको रुपरेखा तयार हुने र आर्थिक रुपले सशक्त बन्ने संगठनको रुपमा हेरिएको छ ।
यो बिशाल उद्धेश्य बोकेर हिडेको यसलाई सबै चमेना गृहका संचालकलाई यसै मार्फत जोडिन र आबद्ध हुन महा बाणिज्य दुतको हैशियत तथा नेपाल हाउसका संचालकको तर्फ बाट प्रेम राजा महतले सबैलाई आब्हान गर्नु भएको छ ।
साथै ईनेप्लिज डटकम संचार माध्यम पनि यसको आधिकारिक संचार सारथी भएकोले निकट भबिष्यमै बन्ने संगठनको लागि अग्रिम शुभकामना सहित र यस भेलाले गरेको हरेक कदम सार्थक होस् भन्न चाहन्छ ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया