आइतबार, पुष १ २०७५
काठमाडौं ०९:३९
वासिङटन डिसी 22:54

डिसीमा विवाह मेला हुने -नोभेम्बर १८ तारिख

विजय थापा  २०७५ कार्तिक २९ गते २३:०७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा दोश्रो पटक विवाह मेलाको आयोजना हुने भएको छ । गत बर्ष सफलतापूर्वक संचालन गरेको उक्त मेला यस बर्ष पनि संचालन गरिने भएको छ ।विवाह र साँस्कृतिक पर्वहरुका लागि आबश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्ता एवं सेवाग्राहीलाई जानकारी गराइने छ ।

यसका लागि आबश्यक सेवा तथा सामग्री सहजरुपमा उपलब्ध गराउन सहजकर्ताको रुपमा ग्यालेक्सी इभेन्ट्स सोलृुसन,फोटो पसल,डिजे क्रीस र वाटरफोर्डले आगामी नोभेम्बर १८ आइतबारका दिन वासिंटन डिसी महानगर क्षेत्रको भर्जिनियाको स्प्रिङ्गफिल्ड शहरमा बिहे मेलाको आयोजना दोश्रो पटक गर्ने भएका छन् ।

गत बर्ष झैँ यस बर्ष पनि दुलहा दुलहीका कपडाका व्यापारी,नेपाली परिकारका खाना,आपूर्तिकर्ताहरु,सजावटकर्ताहरु,गरगहना पसल,शृङ्गार ,मेहन्दीवाला,लिमोजिम सवारी साधन (कार)का संचालकहरु,चित्रकार तथा भिडियोग्राफरहरुको पनि सहभागिता हुने छ ।

ग्यालेक्सि इभेन्ट्सका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोल क्रीसका कृष्ण दाहाल र फोटो पसलका सम्पूर्ण मानन्धरको सयुक्त आयोजनामा बिबाह मेला हुन् लागेको हो । यस पटक पनि कार्यक्रममा साँगितिक प्रस्तुती पनि हुने छ । समय आइतबार दिउसो १२ देखि ४ बजे सम्म हुने छ ।

प्रतिक्रिया