वयस्क चलचित्रकि कलाकार स्ट्रोमी डेनिएल्सका वकिल घरेलु हिंसाको आशंकाको आरोपमा पक्राउ

इनेप्लिज २०७५ कार्तिक २९ गते २:५८ मा प्रकाशित

लस एन्जेलस प्रहरी बिभागले अमेरिकाका लस एन्जेलसमा अभ्यास गरि रहेका अधिवक्ता माइकल एभेनाटीलाई घरेलु हिंसा गरेको आशंकामा पक्राउ गरेको छ । प्रहरीलाई मंगलबार कसैले उजुरी गरे पछि बुधबार उनलाई पक्राउ गरिएको जनाएको छ । तर उनले ५० हजार डलरको जमानत राखे पछि उनलाई हाललाई मुक्त गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस बिषयमा अनुसन्धान जारी राखेका छन् । वकिलले आफु माथि लागेको आरोप पूर्णतया झुटा हो भनेका छन् । वकिलले लस एन्जेलस प्रहरी बिभागले आफ्नो काम गरि रहेको र आफुले कहिले पनि जीवनमा भौतिक दुर्व्यबहार नगरेको आफ्नो वक्तव्यमा लेखेका छन् । र आफूले गत राती पनि यसो नगरेको भनि सीएनएनले समाचार लेखेको छ । यस्तो आरोपले मेरो छविमा आँच आउने र धब्बा लाग्ने लेखेका छन् । आफू पूर्ण रुपमा दोषमुक्त हुने प्रतिक्षामा रहेको बताएका छन् ।

को हुन माइकल एभेनाटी : यिनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपका बिरुद्ध अश्लिल चलचित्र कि नायिका स्ट्रोमी डेनिएल्सका तर्फ बाट मुद्धा लड्ने वकिल हुन् । राष्ट्रपतिले सन् २०१६ को निर्वाचन अगाडी सम्म भेटेर उनलाई चुप लगाउन वयस्क चलचित्र कि कलाकारलाई १ लाख ३० हजार डलर दिएको बिषयलाई ठूलो हंगामा चलेको थियो ।

हालसालै राष्ट्रपतिले अन्त्यमा स्ट्रोमीलाई घोडाको अनुहार जस्तो भने पछि सामाजिक संजालमा झगडा भएको थियो । माइकल वकिलको साथै उद्यमी पनि हुन् । उनि संचारमाध्यममा कानुनी बिषयहरुमा थुप्रैमा कानुन समिक्षकको रुपमा पनि काम गर्छन । वास्तबमा यिनी व्यवसायिक रेसकार ( कार दौड ) चालक पनि हुन् |  उनले धेरै प्रतियोगितामा पनि भाग लिएका छन् ।

प्रतिक्रिया