सोमबार, साउन ३० २०७९
काठमाडौं १६:३२
वासिङटन डिसी 06:47

तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ समारोह

इनेप्लिज २०७५ कार्तिक २८ गते २३:११ मा प्रकाशित

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रबर्द्धन गर्ने उद्धेश्यले यही २०७५ साल पुष ७ गते तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ हुने भएको छ । नयाँ बर्ष सन् २०१९ को अवसरमा “नेपाली चलचित्र, संगीत ,सञ्चार र संस्कृतिको पहिचान र प्रवर्धनका लागि हाम्रो सामुहिक अभियान” भन्ने नाराका साथ कार्यक्रम हुने छ ।

साथै यस पटकको तेस्रो आयोजनाबाट नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्नुका साथै नेपाली चलचित्रको अन्तरराष्ट्रिय स्तरमा बजार प्रवर्द्धनगर्ने, चलचित्र, सङ्गीत, संस्कृति, सञ्चार क्षेत्रमा समर्पित व्यक्तिहरूवीच पुनर्मिलन गराउने उद्धेश्य राखेको आयोजकले बताएका छन् ।

छापा बिज्ञप्ति जस्ताको तस्तै को पूर्ण पाठ यस प्रकार छन् ।

मितिः २८ कात्तिक, २०७५ प्रेस नोट

आदरणीय पत्रकार तथा सञ्चारकर्मी साथीहरू

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्धेश्यले यही २०७५ साल पुष ७ गते (२२ डिसेम्बर, २०१८) शनिवारका दिन अमेरिकाको नर्थ क्यारोलिना राज्यको रानी सहर (Queen City) सार्लोटमा तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ (3rd
Global Nepali Film, Music, Media & Social Award-2018) आयोजना हुन लागेको सहर्ष जानकारी गराउँदछौं ।

नयाँ बर्ष सन् २०१९ को अवसरमा “नेपाली चलचित्र, संगीत ,सञ्चार र संस्कृतिको पहिचान र प्रवर्धनका लागि हाम्रो सामुहिक अभियान” भन्ने नाराका साथ यो कार्यक्रम 3646 Central Ave (Project 658 Auditorium) हलमा पुष ७ गते शनिवार अपरान्ह ३ बजेदेखि बेलुकी ७ बजेसम्म विभिन्न साङ्गीतिक कायक्रम सहित भव्य रूपमा सञ्चालन हुने छ ।

लभ एण्ड सपोर्ट फाउण्डेशनको आयोजनामा सम्पन्न हुने तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ भव्यरूपमा सम्पन्न गराउन गायक संगीतकार तथा लभ एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष मनोज राई र अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (इन्जा) का महासचिव एवं लभ एण्ड सपोर्ट फाउण्डेशनका कार्यक्रम निर्देशक शिव विष्ट को संयोजकत्वमा १७ सदस्यीय अवार्ड वितरण मूल समारोह आयोजक समिति गठन गरिएको छ ।

यहाँहरूमा विदितै छ पहिलो र दोश्रो ग्लोवल नेपाली फिल्म अवार्ड संयुक्त राज्य अमेरिकाको कोलोराडोमा सफलतापूर्वक सम्पन्न भएका थिए । यस पटकको तेस्रो आयोजनाबाट नेपाली चलचित्रकर्मीहरूलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्नुका साथै नेपाली चलचित्रको अन्तरराष्ट्रिय स्तरमा बजार प्रवर्द्धनगर्ने, चलचित्र, सङ्गीत, संस्कृति, सञ्चार क्षेत्रमा समर्पित व्यक्तिहरूवीच पुनर्मिलन गराउने उद्धेश्य पुरा हुने आशा राखेका छौं ।

संयुक्त राज्य अमेरिकामा पनि चलचित्र तथा कला विधाका थुप्रै नेपालीहरू बसोबास गर्दै आइरहेका छन् । तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ कार्यक्रमलाई साझा मञ्चको रुपमा संवाद गराउन हलिउडका निर्देशक एवं चलचित्रकर्मी र विश्वभरी छरिएर रहेका नेपाली कलाकर्मीहरूलाई एउटै मञ्चमा ल्याउने प्रयत्न गरिरहेकाछौं । यसबाट नेपालमा हलिउड चलचित्रको छायाङ्कन गराई चलचित्र पर्यटनको प्रवद्र्धन गर्ने यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष रहेको छ ।

यस अवसरमा हलिउड तथा विभिन्न देशमा छरिएर रहेका कला, सञ्चार र सामाजिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको समुपस्थितिमा नेपाली चलिचित्र, संङ्गीत, सञ्चार र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूको भव्य स्वागत र सम्मान गरिने छ ।

त्यसैगरी, नेपाली चलचित्र, कलालाई अत्यन्तै माया गर्दै आइरहेका नेपालीभाषी भुटानीहरू, भुटानी चलचित्रकर्मी एवं कलाकारहरूलाई पनि सो समारोहमा सम्मान एवं अवार्ड प्रदान गरी सद्भाव अभिवृद्धि गराउने कार्यक्रमलाई प्राथमिकता दिईएको छ ।

आदरणीय पत्रकार तथा सञ्चारकर्मी साथीहरू, तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ कालागि नोभेम्बर १५ सम्म नोमिनेशन खुल्ला भइसकेको विदितै छ । नेपाल, संयुक्तराज्य अमेरिका भुटान ,हंगकंग ,भारत , बर्मा र डायस्पोरामा रहेका सम्बन्धित विधाका व्यक्तिहरूले नोमिनेशनका लागि दिनुभएको आवेदनको अवस्था हेर्दा हामी अत्यन्तै उत्साहित भएकाछौं ।

http://loveandsupportfoundation.org मार्फत ४ विधाका विभिन्न ५३ वटा अवार्डका लागि नोमिनेशन आवेदन खुल्ला गरेका गरिएको छ, जुन यसप्रकार रहेका छन् :-

चलचित्र तर्फ सङ्गीत तर्फ सञ्चार तर्फ सामाजिक तर्फ
• उत्कृष्ट चलचित्र
• उत्कृष्ट नायक
• उत्कृष्ट नायिका
• उत्कृष्ट नव नायक
• उत्कृष्ट नव नायिका
• उत्कृष्ट निर्दैशक
• उत्कृष्ट द्वन्द निर्देशक
• उत्कृष्ट सङ्गीतकार
• उत्कृष्ट गीतकार
• उत्कृष्ट पटकथा
• उत्कृष्ट छाँयाङ्कन
• उत्कृष्ट गीत
• उत्कृष्ट गायक
• उत्कृष्ट गायिका
• उत्कृष्ट खलनायक
• उत्कृष्ट खलनायिका
• उत्कृष्ट गायक (आधुनिक)
• उत्कृष्टगायिका (आधुनिक)
• उत्कृष्ट लोकगायक (पप)
• उत्कृष्ट गायिका (पप)
• उत्कृष्ट लोक गायक
• उत्कृष्ट लोक गायिका
• उत्कृष्ट गीत–आधुनिक
• उत्कृष्ट गीत–पप
• उत्कृष्ट गीत–लोक
• उत्कृष्ट भिडियो (आधुनिक)
• उत्कृष्ट भिडियो (पप)
• उत्कृष्ट भिडियो (लोक)
• उत्कृष्ट छाँयाङ्कन
• उत्कृष्ट भिडियोनिर्देशक
• (पप/आधुनिक)
• उत्कृष्टभिडियोनिर्देशक(लोक)
• उत्कृष्ट राष्ट्रिय गीत
• उत्कृष्ट नव नायक • उत्कृष्ट कार्यक्रम
(टेलिभिजन)
• उत्कृष्ट प्रस्तोता
(टेलिभिजन)
• उत्कृष्ट अनलाइन पत्रिका
• उत्कृष्ट संवाददाता
• उत्कृष्ट रेडियो प्रस्तोता
• उत्कृष्ट फोटो पत्रकार
• उत्कृष्ट अन्तरवार्ताकार
• उत्कृष्ट कार्यक्रम निर्माता
• उत्कृष्ट रेडियो कार्यक्रम
• उत्कृष्ट रङ्गमञ्च उद्घोषक

• ग्लोवल अवार्ड
• उत्कृष्ट शैक्षिक
• उत्कृष्ट साँस्कृतिक
• उत्कृष्ट कानुन
• उत्कृष्ट सामाजिक
• उत्कृष्ट महिला
• उत्कृष्ट राजनीति
• उत्कृष्ट खेलकुद
• उत्कृष्ट युवा
• दशकको सर्वोत्कृष्ट परोपकार

अन्त्यमा, तेश्रो ग्लोवल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ समारोहलाई अन्तराष्ट्रिय भूमिमा आयोजना गरी नेपालको गरिमालाई विश्वव्यापी बनाउने यस अभियानलाई प्रचार प्रसार गरी सफल बनाउन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।

प्रतिक्रिया