समलिंगी र तेस्रो लिंगी समुह अमेरिका प्रवेश गर्ने मेक्सिकोको सीमा सहर तिवानामा, बिहीबार अमेरिका प्रवेश गर्ने

यादवराज जोशी २०७५ कार्तिक २८ गते १७:२७ मा प्रकाशित

दक्षिण अमेरिकाबाट हिडेको अप्रवासीको समुह मध्ये समलिंगी र तेस्रो लिंगीको समुह आइतबार मेक्सिकोको सीमा सहर तिवानामा आई पुगेको छ । यो समुहमा करिव ८० जना छन् । उक्त समुहले बिहीबार अमेरिका छिर्ने प्रयास गर्ने सञ्चारमाध्यमहरुले बताएका छन् । दक्षिण अमेरिकाबाट करिव चारहजार मानिस गन्तव्य अमेरिका बनाएर उत्तर तर्फ हिडिरहेका छन् ।

समलिंगी र तेस्रो लिंगी समुहले सबैभन्दा पहिले अमेरिका छिर्ने प्रयास गर्ने होण्डुरसका आप्रवासी अधिकारकर्मी सिजर मेसियाले बताए । “समलिंगी र तेस्रो लिंगी सधै तिरस्कृत र पछाडी परेका छन्, यो पटक भने उनीहरु अगाडि हुनेछन्,” उनले भने । उनीहरु अमेरिका छिरेर एसाइल्म आवेदन गर्नेछन् । यो आप्रवासी समुहले सोमबार तिवानामा पत्रकार सम्मेलन गरेको थियो ।

“अपराध निकै बढेपछि हामी देश छोडेर हिडेका हौ,” परिचय दिन नचाहने एक तेस्रो लिंगी महिलाले भनिन । मेक्सिको छिरेपछि स्थानिय समलिंगी र तेस्रो लिंगी समुहले उनीहरुलाई सहयोग गर्दै आएको छ । “हामी मेक्सिको आए लगत्तै सहयोग पाउदै आएका छौ ।” पत्रकार सम्मेलनमा विभिन्न समुहका व्यक्तिले आफ्नो कथा सुनाएका थिए ।

“मलाई जबरजस्ती मानिसहरुले बेश्यावृतिमा लगाए । म कैयनपटक समुहबीचको लडाईमा पसे,” पत्रकार सम्मेलनमा होण्डुरसकी इरिक डुबनले भनिन । यस्तै कथा ग्वाटेमालाकी नियमिस डि लियोनको पनि छ, “मेरो जीवन मृत्यु सहर थियो ।” लियोनसंग दुईहजार चारसय किलोमिटर टाढा मेक्सिको आई पुग्नुको कारण र समलिंगी समुदायका मानिसले भोगेका सबै दुःखपिडाको प्रमाण छन् ।

प्रतिक्रिया