मोविल इन्टरनेशनल फेस्टिभलको भव्य तयारी, फेस्टिभलमा नेपालीको पनि सहभागिता हुने
अलबमा । अमेरिकाको अलबमा राज्यको मोबिल शहरमा मोबिल इन्टरनेशनल फेष्टिभल (Mobile International Festival) आउँदो नोभेम्बरको १५, १६ र १७ तारिखमा भव्यताकासाथ कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको छ ।
विगत ३५ वर्षदेखि हरेक वर्ष नियमितरुपमा सम्पन हुँदै आएको यो फेष्टिभलमा सन् २०१० बाट उक्त फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्न थालेका युवा व्यवसायी सलामसिह लामाले नेपाल र नेपालीको कला, संस्कृतिलाई अझ बढी प्रचारप्रसार गरिने बताए ।
उनले भने, ‘शुरुमा यस क्षेत्रका अमेरिकीहरुलाई नेपालमा सगरमाथा छ, बुद्ध नेपालमा जन्मेका हुन् र नेपाल पनि एउटा स्वतन्त्र देश हो भन्ने कुराको पनि सामान्य ज्ञान र जानकारी थिएन । हामीले यो फेस्टिभलको माध्यमबाट नेपाललाई चिनाउन सफल भयौं । यसको मुख्य उपलब्धी पनि नेपालमा सगरमाथा छ, बुद्ध नेपालमा जन्मिएका हुन भन्ने जानकारी दिन सफल भएका छौं । प
छिल्लो समयमा भने नेपाली कलाकारलाई आफ्नै खर्चमा ल्याएर नेपाली गीत संगीतको माध्यमबाट नेपाल चिनाउने काम गर्दै आएको छु ।’
सन् २०१२ देखि नेपाली कलाकार फेस्टिभलमा ल्याउँदै आएका उनले नलिना चित्रकारलाई ३ पटक, प्रणय राणालाई २ पटक लगेर उक्त फेष्टिभलमा नेपाललाई चिनाउने गीतसंगीतको प्रस्तुति गदै आएका छन् । यसरी कलाकारको माध्यमबाट सांस्कृतिक प्रर्दशन गर्दा नेपाल देश चिनाएर पर्यटन प्रर्वद्धन गर्न सहयोग पुग्ने उनको विश्वास रहेको छ ।
लगातार फेष्टिभलमा जोडिएर सहयोग गर्दै आएका लामाले नेपाली खानाको परिकारको स्टल पनि राख्दै आएका छन् । फेस्टिभलका बोर्ड मेम्बरसमेत रहेका लामाले नेपाल चिनाउने काम गरिरहे पनि नेपाल सरकारकोतर्फबाट कुनै सहयोग पाएका छैनन् । अमेरिकास्थित नेपाली राजदुतावासदेखि नेपाल पर्यटन बोर्डसम्म गुर्हादा पनि कुनै सहयोग नभएको उनले गुनासो गरे ।
यो फेस्टिभेलमा विगत ३ वर्षदेखि नेपाली गीत संगीतबाट नेपाल र सिंगो नेपालीको प्रचारप्रसार गर्न अत्यन्तै महत्वपूर्ण योगदान दिदै आएका कलाकार प्रणय राणाले विदेशमा रहेर नेपालको प्रचारप्रसार गर्न पाउँदा निकै खुसी लागेको बताए । राष्ट्रिय पोशाक दौरा, सुरुवालको सथामा राष्टिय झण्डामा नेपाली राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउँदै आएको उनले बताए । यस पटकको फेस्भिलमा अझ फरकढंगले हिन्दु, बौद्धधर्म र योगालाई समिश्रण गर्दै नयाँढंगले कलाकार अदविती सुब्बाकासाथ संयुक्तरुपमा बेजोड प्रस्तुति गरिने उनले बताए ।
३ दिनसम्म हुने फेस्टिभलमा लगभग २५ हजार भन्दा बढी अमेरिकीले भ्रमण गर्नेछ भने ७० भन्दा बढी देशबाट प्रतिनिधित्व गरिन्छ । बिहिबारको दिन स्कुले विद्यार्थीले फेस्टिभलको भ्रमण गर्दछन् । शुक्रबार कलेजका विद्यार्थी र शनिबार पब्लिकले फेस्टिभल्सको भ्रमण गर्दछन् ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया