आइतबार, पुष १ २०७५
काठमाडौं ०९:२३
वासिङटन डिसी 22:38

एरिजोनामा डेमोक्रेटिकलाई २४ बर्ष पछि सिनेट,रिपब्लिकनलाई झड्का

इनेप्लिज २०७५ कार्तिक २८ गते ०:२९ मा प्रकाशित

२४ बर्ष सम्म एरिजोनामा सिनेटरमा एकल राज गरेको रिपब्लिकन दल लाई ठुलो झड्का लागेको छ । गत नोभेम्बर ६ तारिखमा सम्पन्न निर्वाचनको नतिजा भर्खर आएकोले एरिजोनाको सिनेटको लागी भएको निर्वाचनमा डेमोक्रेटिक दलको क्रिस्टेन सिनेमाले जितेका छिन् ।

उनले रिपब्लिकन दलकी मार्था म्याकस्यालिलाई पराजित गरेकी छिन् । ६ दिन पछि कडा प्रतिस्प्रद्धा पछि एक काउन्टीबाट अर्को काउन्टीमा भएको मतदानमा सिनेमाले जितेकी छिन् ।

मार्थाले क्रिस्टेनलाई श्रब्य दृश्य मार्फत बधाई दिएकी छिन् । क्रिस्टेन एरिजोनाकि प्रथम निर्वाचित महिला सिनेट हुन् । यता राष्ट्रपति डोनाल्ड ट्रंपले एरिजोनामा निर्वाचक भ्रष्टाचार भन्दै नया निर्वाचनको लागि सिफारिस गरि सामाजिक संजाल ट्वीटरमा लेखेका थिए ।

यसै गरि रिपब्लिकन सिनेटर बिषयक समितिले समेत केही काउन्टीमा सिनेमाको पक्ष गरेको आरोप लगाएका थिए । वास्तवमा एरिजोनामा दुई तिहाई मतदान पत्र हुलाक माध्यमबाट दस्तखत सहित पठाइन्छ । यसरि हुलाक बाट पठाइएको दस्तखत मिल्नु पर्छ र यस कारण अन्य राज्य भन्दा गणना गर्न एरिजोनामा बिलम्ब हुन्छ ।

सिनेमा प्रथम द्विलिंगी व्यक्तित्व हुन् भने अमेरिकन सिनेटमा (एलजीबिटिक्यु) व्यक्तिबाट खुलेआम निर्वाचित हुने उनि द्वितीय व्यक्ति भएकी छिन । १९९५ देखि पहिलो पटक सन् २०१८ मा सिनेमाले डेमोक्रेटिक दल को तर्फ बाट सिनेट बन्ने अवसर पाएकी हुन् ।

तस्बिर श्रोत : वाशिंगटनपोस्ट डटकम

प्रतिक्रिया