बुधबार, असोज ६ २०७८
काठमाडौं २०:१९
वासिङटन डिसी 10:34

ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुग्यो नेपाल

इनेप्लिज २०७५ कार्तिक २७ गते १४:५५ मा प्रकाशित

काठमाडौं, २७ कात्तिक । नेपाल ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणमा पुगेको छ ।

मंगलबारको खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले दोस्रो चरणमा स्थान सुरक्षित गरेको हो । नेपाल पहिलो हाफमा अघि रहेपनि दोस्रो हाफमा गोल खाँदै अंक बाड्न बाध्य भएको हो ।

समुह सी को नेपाल तेस्रो स्थानमा रहेको हो । नेपालले खेलेका तीन ओटा खेलमा कुनैपनि खेल हारेन । सबै खेल बराबरीमा टुंगिएका हुन् । यसअघि नेपालले भारत र म्यानमारसँग पनि १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया