नवलपरासी औधोगिक ब्यापार मेला २०७५ मंसिर १३ देखि २३ गते सम्म हुदै

इनेप्लिज २०७५ कार्तिक २७ गते १४:३६ मा प्रकाशित

काठमाडौँ : शान्ति, समृद्द, उधोग र ब्यापार नवलपरासी औधोगिक ब्यापार मेला २०७५ तथा कृषि, पर्यटन, उधोग, ब्यापार, एबम सुचना प्रबिधिको बृहत प्रदर्शनी २०७५ मंसिर १३ देखि २३ गते सम्म हुने भएको छ l उद्योग वाणिज्य संघ नवलपरासी तथा औधोगिक शान्ति नेपाल सस्थाको संयुक्त आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको वृहत् प्रदर्शनीसहितको मेला हुन लागेको हो ।

नवलपरासी आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ । यसै अनुरुप यस मेलाले नवलपरासीको आन्तरिक तथा बाह्य पर्यटनमा बृदी गरि आर्थिक रुपले मजबुत बनाउने र परासीलाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी गराए ।

नवलपरासी, रुपन्देही सहित छिमेकी भारतीय बजारबाट समेत दर्शक मेला हेर्न आउने संघका महासचिव गिरिराज पाण्डले जानकारी दिए । मेलामा धार्मिक, पर्यटकीयस्थलको चिनारी, संस्कृति झल्किने गरी जातजातिको वेशभूषाको झाँकी, कला, कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनको सो मेलामा प्रदर्शनी गरिने समेत उनले बताए ।

मेलामा दुइ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाको अधक्ष्य सन्दिप महतले गराएको छन । मेला भ्रमण गर्नको लागि रु ४० र बिद्यार्थीको लागि रु ३० टिकट शुल्क निर्धारण गरिएको छ l

नवलपरासी औधोगिक ब्यापार मेला २०७५ मा करिब ३ देखि ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकार हरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष्य केशव भण्डारीले गराए ।

उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ मेला ब्यबस्थापक बिद्यार्थी शाहले आव्हान गरेका छन् । औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा बिनोद जैसवालको संयुक्त कमिटिले नवलपरासी औधोगिक ब्यापार मेला २०७५ को सम्पूर्ण स्टल व्यस्थापन गर्ने समेत जानकारी गराईएको छ।

प्रतिक्रिया