छठमा अर्बको व्यापार
सञ्जय मित्र, रौतहट
छठमा अर्बभन्दा बढीको बेपार भएको छ । रौतहटमा करिब ५४ हजार घरपरिवारले यसपालि छठ मनाइरहेको प्रारम्भिक अनुमान गरिएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताएका छन् । जिल्लामा दुई गाउँपालिका र १६ नगरपालिकाका गरी १८ स्थानीय तहमा करिब सात लाख बासिन्दा रहेका छन् । करिब १७ प्रतिशत मुस्लिम समुदाय रहको रौतहटमा हिन्दू समुदायको संख्या अत्यधिक छ । हिन्दू, केही क्रिस्चियन र बुद्ध धर्मावलम्बी र फाट्टफुट्ट मुस्लिम समुदायले पनि छठ मान्ने भएकोले छठ मान्नेको संख्या अत्यधिक भएको नागरिक समाज रौतहटका सचिव विजय किशोर झाको दाबी छ ।
करिब ५४ हजार घरपरिवारमा कम्तीमा दश हजार रुपैयाको दरले छठको लागि खर्च भएकोमा सरदर ५४ करोडको साधारण व्यापार भएको मान्न सकिने अध्यक्ष जयसवालको दाबी छ ।
छठ पर्वकै लागि कपडाको ठूलो बेपार हुने गरेको छ । व्रतालुहरुलाई विभिन्न स्थानीय निकायले करोडभन्दा बढीको साडी वितरण गरेको छ । यसै गरी घाटको निर्माणको लागि पनि स्थानीय तहले लाखौँ खर्च गरेको छ । स्थानीय पूजा समितिहरुले गरेको खर्च दशौँ करोड हुने अनुमान छ । रौतहटको गरुडा बजारको लागि बनाइएको दुईवटा छठीघाटको निर्माणमा कम्तीमा छ लाख रुपैया खर्च लागेको देखिएको छ । गरुडा नगरपालिकामा मात्र ३४ ठाउँमा छठ हुने गरेको छ ।
छठको लागि डोम र बिन जातिले बुन्ने बाँसको डाला, कुम्हाले समुदायले बनाउने माटोको हाँडी, घैला तथा ढकना र कोसियाको सामग्रीसमेतको मूल्य जोड्ने हो भने करोडौको खर्च पुग्ने रौतहट उवा संघ अध्यक्ष जयसवालको भनाइ छ ।
यसै गरी मिठाइ पसल तथा किराना पसलमा करोडौँको बिक्री भएको देखिएको छ । छठपर्वको प्रसादको रुपमा विशेष प्रकारको टोपिया मिठाइ, चिनीमात्रको लड्डु र बतासा बनाउने चलन पनि छ । स्याउ, सुन्तला तथा नरिवल र सयपत्री फूलको मालामा पनि करोडौ रुपैया बाहिरिएको अध्यक्ष जयसवालले बताएका छन् ।
चार दिनदेखि जिल्लाभरको किराना र कपडा पसलमा ठूलो भीडभाड रहेको देखिएको छ । उपभोक्ताहरुको ठूलो समूह भारतको बैरगनिया, घोडासहन र अन्य सीमावर्ती बजारहरुमा पनि खरिददारीको लागि जाने गरेको देखिएको छ ।
छठ पर्वमा सबैले दिल खोलेर खर्च गर्ने भएकोले कतिको व्यापार भयो भन्ने तोकेरै भन्न गाह्रो हुने जयसवाल बताउँछन् ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया