सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:४८
वासिङटन डिसी 18:03

ग्लोबल नेपाली फिल्मको तयारी द्रुत गतिमा

विजय थापा २०७५ कार्तिक २७ गते २:३३ मा प्रकाशित

आगामी डिसेम्बरको २२ तारिखमा नर्थ क्यारोलिना राज्यको सार्लोट शहरमा हुन् गै रहेको तेश्रो ग्लोबल नेपाली फिल्मको तयारी द्रुत गतिमा अघि बढी रहेको जानकारी आयोजकले दिएका छन् । यो पुरस्कार समारोहलाई ऐतिहासिक बनाउन आयोजक समिति दृढ संकल्प साथ हातेमालो गर्दै अगि बढी रहेका छन् ।

मूलत नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै चलचित्रको बजार प्रबर्द्धन ,पुनर्मिलन र चलचित्र पर्यटन पुरस्कारको उद्देश्य रहेको छ । सबै वर्गलाई समेट्ने र सबैको साझा मंचको रुपमा यसलाई लैजाने समेत सोच बनाईएको मूल आयोजक समितिका संयोजक द्वय मनोज राई तथा शिव बिष्टले बताए ।

बिष्टले अगाडी भने यस बर्ष देखि नेपाली संगीत ,संचार र सामाजिक क्षेत्रमा बिशेष योगदान दिनु भएका श्रस्टा /सर्जक एबं अभियन्ताहरुलाई पनि एकै मन्चमा सम्मान र पुरस्कार प्रदान गरिने छ ।

अर्का मूल समारोहका संयोजक मनोज राईले नेपाल ,अमेरिका ,भुटान लगाएत बिश्वभरका नेपाली चलचित्रकर्मी , संगीतकर्मी , संचारकर्मी र सामाजिक अभियन्ताहरुलाई पनि यस पटकको पुरस्कार वितरण समारोहमा सम्मानित गरिने कुराले आफू पनि उत्साहित भएको बताए ।

स्मरण रहोस पुरस्कार समारोहको आयोजना गायक एबं लभ एंड सपोर्ट फाउन्डेसन् अमेरिकाका अध्यक्ष मनोज राई तथा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ( इन्जा )का महासचिव एबं लभ एंड सपोर्ट फाउन्डेसन् अमेरिकाका कार्यक्रम निर्देशक शिव विष्टको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ ।

युवा चलचित्र निर्देशक शंकर घिमिरेले पनि अमेरिकामा रहेका चलचित्रकर्मीहरुलाई समन्वय गरि रहेको आयोजकले बताएका छन् । यसै गरि नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल लगायत समिति सदस्यहरु पनि यस पुरस्कार समारोहमा उत्साहित भएका छन् ।

यसपटक देखि नेपालीभाषी भुटानी चलचित्रकर्मी ,संगीतकर्मी र कलाकर्मीहरुलाई समेतलाई पुरस्कार तथा सम्मान गरिने भएकोले भूटानी समुदाय उत्साहित भएको राईले बताए । यो हामी सबै मिलेर गर्ने कार्यक्रम भएकोले सबैलाई यस पुरस्कार समारोहमा सहयोग र सहभागिताको लागी मूल आयोजक समितिका संयोजक शिव विष्टले अनुरोध गरेका छन् ।

प्रतिक्रिया