आइतबार, साउन २२ २०७९
काठमाडौं २२:००
वासिङटन डिसी 12:15

दुखद समाचार : क्यालिफोर्नियाको आगलागी बाट मृत्यु हुनेको संख्या ३१

इनेप्लिज २०७५ कार्तिक २६ गते ११:४५ मा प्रकाशित

डिसी । सोमबार बिहान ३ बजे सम्मको ताजा जानकारी अनुसार हाल सम्म उत्तरी तथा दक्षिणी क्यालिफोर्नियामा आगलागी बाट मर्नेको संख्या ३१ पुगेको छ । मानिस भाग्ने क्रममा सवारी साधन मै जलेर समेत मृत्यु भएको छ । अधिकारीहरुले गत नोभेम्बर ११ तारिख सम्म २३ जनाको मृत्यु भएको जनाएका थिए भने थप ६ जनालो लाश प्राप्त गरे पछि ३१ जना मृत्यु भएको जनाएका छन् ।

२ सय जना भन्दा ज्यादा मानिस अझ बेपत्ता भै रहेका छन् । आगो निभाउन ४ हजार ५ सय स्वयम् सेवक तथा कर्मचारी लागेका छन् । उक्त स्थान बाट ५२ हजार मानिसले घर खाली गरेका छन । यसै गरि आश्रय स्थलमा १ हजार ३ सय ८५ मानिसहरुले आश्रय लिई रहेका छन् ।

अमेरिकाको ईतिहास मै सर्वाधिक नष्टकारी आगलागीको चपेटामा उत्तरी तथा दक्षिणी क्यालिफोर्निया परेको छ । आगलागीको प्रारम्भ संगै ५ सय जना भन्दा ज्यादाले आफन्तहरुका बारेमा खोजतलास गरेका र केहीले आफ्ना मानिस फेला पारेकाको समाचार सिबिएस न्युजमा छ । हरेक मिनेट झन्डै ८० वटा अमेरिकन फुटबल (भकुण्डो) मैदान बराबरको अनियन्त्रित रुपमा फैलिएको प्रत्यक्षदर्शीले जनाएका थिए ।

प्रतिक्रिया