शनिबार, असोज ९ २०७८
काठमाडौं १३:०४
वासिङटन डिसी 03:19

नोभेम्बर १८ तारिक यूलेसमा शुभकामना कार्यक्रम हुँदै

इनेप्लिज २०७५ कार्तिक २६ गते ११:३४ मा प्रकाशित

ड्यालस (टेक्सस) – बिदा हुँदै गरेका दशैँ/तिहार, छठ र अन्य नेपाली पर्वहरू तथा अाउँदै गरेका थ्यांक्स गिभिंग लगायत अमेरिकी पर्वका अवसरमा हिमालयखबरले आउँदो नोभेम्बर १८ तारिक अाइतबार ड्यासलमा शूभकामना अादान प्रदान कार्यक्रम हुने भएको छ ।उक्त दिन दिउँसो २ बजे बेडफोर्डस्थित फिस्टेल रेस्टुँरामा सो कार्यक्रम हुन लागेको हो ।

युलेस सिटीका मेयर लिन्डा मार्टिनको प्रमुख आतिथ्यमा, स्थानीय सिटी काउन्सिलका सदस्यहरु, अमेरिकी राजनीतिक दलका प्रतिनिधिहरु समेत सहभागी हुनेछन् । ‘अमेरिकामा रहेका नेपाली समुदाय र स्थानीय जनप्रतिनिधिहरुबीच आपसी निकटता, हार्दिकता कायम गर्नका लागि यो कार्यक्रम गर्न लागिएको हो,’ हिमालय खबरका सल्लाहकार सम्पादक शैलेश आचार्यले भने ।

कार्यक्रममा भरखरै युलेस सिटीमा पार्क तथा लिजर बोर्डमा मनोनयन हुनुभएकी इशा शर्माको समेत स्वागत गरिनेछ । ड्यालस तथा फोर्टवर्थको सेरोफेरोमा रहेका नेपाली समुदायका सदस्यहरुलाई सहभागिताका लागि हिमालय खबर हार्दिक अनुरोध गर्दछ ।

बियरक्रिक पार्क, यूलेसमा कार्यक्रम अायोजना गर्ने पूर्व निर्धारित कार्यक्रम भएपनि त्यस दिन माैसम निकै चिसो हुने भएकाले कार्यक्रमस्थल परिवर्तन गरिएको हो ।

प्रतिक्रिया