पोखरामा भेटिए एकै पटक १८ बाजा बजाउने मानिस हेर्नुहोस ! यस्तो छ कला

इनेप्लिज २०७५ कार्तिक २६ गते २:४५ मा प्रकाशित


फेवाताल किनारमा माछापुच्छेका छायाँ नियाल्दै व्यावसायिक यात्रामा तल्लीन चैन पुरे नेपाली बाजा र संस्कृति संरक्षणमा गम्भीरताका साथ पोखराको चिनारी बढाउने धूनमा लागिरहेका चैन पुरे कालो चश्मा लगाइरहने उमेरले ६ दशक काट्नै लागेका यिनको संंस्कृतिमोह लोभलाग्दो छ ।

पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरबाट १६ वर्षे जवानीमा काठमाडौं पसेका चैन पुरे । सानैदेखि संगीतका धुनमा लठ्ठिन रुचाउने उनले संघर्षका धेरै आरोहअवरोह पार गदै आएको उनि बताउछन् ।

आउने ग्राहकलाई विभिन्न तालका धुन सुनाएर मोहित बनाउँछन् । एकैचोटी १८ वटा बाजासमेत बजाउछन् उनि सिक्न चाहानेहरुलाई पनि पनि बजाउने कला सिकाइदिन्छन् उनि । आमा माया लक्ष्मी र पिता श्यामलाल श्रेष्ठका माइला छोरा अर्थात् सबैले भन्ने चैनपुरे र उनको खास नाम अर्जुन चैनपुरे । साधारण किसान परिवारमा जन्मेका चैनपुरेको बाल्यकाल अभाव बीच गुज्रियो ।

काठमाडौं छिरेपछिका दिन पनि सहज रहेनन् । चैनपुरे संगीतमा र यो क्षेत्रमा लाग्दा आफूलाई ‘चैन’ भए पनि बुबा र परिवारले ‘चैन’ लिन नसकेको बताउँछन् । हेर्नुहोस भिडियो

प्रतिक्रिया