शनिबार, असोज ९ २०७८
काठमाडौं ११:१४
वासिङटन डिसी 01:29

प्यारा ओलम्पिककि स्वर्ण पदक बिजेता क्याटरिनाले सिलिकन भ्यालीका पर्यटन दुत थापालाई भाईटिका

इनेप्लिज २०७५ कार्तिक २५ गते २३:५३ मा प्रकाशित

प्यारा ओलम्पिककि स्वर्ण पदक बिजेता तथा अस्ट्रेलियन कलाकार क्याटरिना वेब द्वारा सिलिकन भ्यालीका पर्यटनदूत तथा तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई भाईटिका लगाई दिएकी छिन् ।

उनले थापालाई नेपालीहरुको महान चाड तिहारको अन्तिम दिन भाईटिकामा क्यालिफोर्नियामा लगाई नेपाली चाडमा सहभागी बनेकी छिन् । यसको साथै उनका परिवारले समेत भाईटिका हर्सोउल्लास साथ मनाएको पर्यटनदूत थापाले ईनेप्लिजलाई बताए ।

उनि अस्ट्रेलियन प्यारा ओलम्पिक स्वर्ण पदक तथा थुप्रै पदक बिजेता हुन् भने उनि मष्तिस्क पक्षघात बाट पिडित छिन् । उनले १९९६ प्यारा ओलम्पिकमा १ सय २ सय मिटरमा स्वर्ण पदक ,यसै गरि सन् २००४ मा भएको एथेन्समा ४ सय मिटरमा प्रथम लगायत थुप्रै पदक हासिल गरेकी छिन् ।

पर्यटनदुत संग नजदिक भएको कारण टिका लगाई दिएकोमा आफू निकै उत्साहित भएको बताए भने क्याटरिनाले पनि अर्को देशको चाडमा सहभागी हुन् पाउँदा खुसि लागेको बताएको पर्यटन दूतले बताए । साथै थापाले नेपालको लागि पर्यटक दुत बनि भ्रमण बर्ष नेपाल २०२० लाई सफल पारि दिन हुन् समेत आग्रह गरेका छन् ।

]

प्रतिक्रिया