Bee Thepary | माहुरीको टोकाई बाट उपचार पद्धती | १००% सफल उपचार

इनेप्लिज २०७५ कार्तिक २५ गते १४:२३ मा प्रकाशित

दक्षिण कोरिया जाने अधिकांश नेपालीले नेपाल फर्कदा ल्याउने भनेको पैसा हो तर पोखरा महानगरपालिका १ वगरका पंकज श्रेष्ठले दक्षिण कोरिया पैसा लिनको लागि गएपनि फर्कने समयमा हजारौ नेपालीको लागि भगवान बनेर नयाँ उपचार गर्ने पद्धति लिएर आएका छन् । उनी २० वर्ष कोरीयामा काम गर्ने बेलामा अनौठो उपचार पद्धती सिकेर नेपाल फर्किए जुन उनले अहिले नेपाल आएर गरिरहेका छन ।

उनले ३ हजार वर्ष अगाडी प्रयोग गरीने घरेल उपचार बिधी कला सिकेर नेपालमा आएर सन्चालन गरिरहेका छन । प्यारालाइसिस , नसा च्यापिएको, पिनास, क्यान्सर लगायत ३ सय भन्दा बढि रोगको उपचार मौरीको टोकाइबाट पोखरामा आफनै घरमा बसेर सर्वसाधारणको उपचारमा लागिरहेका छन् । २०७२ सालबाट पोखरामा बसेर विभिन्न रोगको उपचार गदै आएका श्रेष्ठले निशुल्क रुपमा उपचार गदै आएका छन् । उनको घरमा उपचार गराउनेको घुइचो लाग्ने गरेको छ भने धेरै बिरामी निको भएर फर्कने गर्दछन । धेरै जसो नशा च्याप्पिएका , प्यारलाइसिस र हात खुट्टा नचल्ने रोगका बिरामीहरु आउने गरेका छन ।

https://www.youtube.com/watch?time_continue=2&v=ZOXGgGyfKRo

प्रतिक्रिया