यो भिडियो हेर्दा लाग्छ जिन्दगि के नै रहेछ ! हेर्नुहोस त घरमा ३ छोरी सबै अपाङ्ग ! कसको मन नरोला

इनेप्लिज २०७५ कार्तिक २५ गते १३:४५ मा प्रकाशित

पोखराको बिरौटामा रहेको बिरुवा बचत तथा ऋण सहकारी संस्थाले पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानी स्थित एकै घरका ३ जना अपाङ्ग किशोरीहरुलाई सहयोग गरेको छ । संस्थाले आफ्नो वार्षिकोत्सबको अवसर पारेर बलबहादुर परियारका तीन अपाङ्ग छोरीलाई घरमा नै पुगेर नगद ५० हजार सहयोग गरेको हो । जन्मदेखि नै ओच्छ्यानमा रहेका बलबहादुरका चार अपांग छोरी मध्ये एक जनाको मृत्यु भएको छ ।

अहिले २३ वर्षकी मिठु परियार, १५ वर्षकी गंगा र १३ वर्षकी अनिताको पालनपोषण परिवारले गर्दै आएको छ । बलबहादुर र कौशिलाका १० सन्तान मध्ये उनीहरुले चार सन्तान गुमाइसकेका छन । एक छोरीको विवाह भइसकेको छ । एक छोरी विद्यालय पढ्दैछिन । कान्छो छोरो काखमा छ । जन्मेको ६ महिनासम्म स्वस्थ्य राम्रो नै थियो तर त्यसपछि छोरीहरु पालैपालो थला परेको बाबु बलबहादुर बिकको भनाई रहेको छ । अपांग छोरीहरु निरन्तर बिरामी पर्ने भएकाले परिवार झनै समस्यामा पर्ने गरेको छ । उपचारका लागि बाबु आमाले ऋण गरेर विभिन्न ठाउँका अस्पतालसम्म र्पुयाए पनि उपचार सम्भव छैन भनेर डाक्टरले नै फर्काएपछि उनीहरु मृत्यपर्यन्त सुतेरै दिन काट्न बाध्य छन् ।

प्रतिक्रिया