मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’

इनेप्लिज २०७५ कार्तिक २४ गते १५:३६ मा प्रकाशित

काठमाडाैँ । बरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ।

लाैहपुरुष गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीको रुपमा चर्चित बरिष्ठ हास्य कलाकारद्धय श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो।

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै मह जोडीले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको खुलेर प्रशंशा गरे। उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान पुरुष’ को रुपमा चित्रण पनि गरे।

२०४६ सालको जनआन्दोलन नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो। राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका उनको २०५४ साल असोज २ गते निधन भएको थियो।

प्रतिक्रिया