रहीम म्यानचेस्टर सिटीसँग अझै तीन वर्ष खेल्ने
इनेप्लिज
२०७५ कार्तिक २४ गते १५:३२ मा प्रकाशित
लण्डन, २४ कात्तिक । रहीम स्ट्रर्लिङ्गले म्यानचेस्टर सिटीसँग थप तीन वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२३ सम्म क्लबमै रहने भएका छन् । स्ट्रर्लिङ्गले हप्ताको तीन लाख पाउण्ड स्ट्रर्लिङ्ग पारिश्रमिक लिने गरी नयाँ सम्झौता गरेका हुन् ।
२३ वर्षका इंग्लिस फरवार्ड स्ट्रर्लिङ्गको अहिलेको सम्झौता यो सिजनको अन्त्यमा सकिने थियो । नयाँ सम्झौतापछि स्ट्रर्लिङ्ग प्रिमियर लिगमा सबै भन्दा राम्रो पारिश्रमिक पाउने बेलायती खेलाडी मध्ये एक परेका छन् ।
नयाँ सम्झौताले आफूलाई उत्साहित बनाएको उनले बताएका छन् । आफ्ना लागि म्यानचेस्टर सिटी सही छनौट साबित भएको पनि उनले बताए ।
उनी सन् २०१५ मा लिभरपुलबाट ४९ मिलियन पाउण्डमा म्यानचेस्टर सिटी आएका हुन् । उनले गएको सिजन २३ गोल गरेका थिए । एजेन्सी
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया