पूर्वराजा ज्ञानेन्द्र शाहले बिहानै लगाए भाइटीका

इनेप्लिज २०७५ कार्तिक २४ गते १५:२५ मा प्रकाशित

काठमाडौं, २३ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।

शाहले आज बिहान बहिनी शोभाको हातबाट भाइटीका लगाएका हुन् । भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए ।

पूर्वराजा शाहले बिहान ९ः३० को शुभसाइतमा भाइटीका लगाएका छन् ।

पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् ।

प्रतिक्रिया