नेवा अर्गनाइजेसन अफ अमेरिकाको म्ह पूजा नेपाल सम्बत ११३९ सम्पन्न
तस्बिर :राजीव श्रेष्ठ
डिसी । नेवा अर्गनाइजेसन अफ अमेरिकाले गत नोभेम्बर ८ का दिन मेरील्याण्ड राज्यको गेथर्सबर्गमा म्ह पूजा नेपाल सम्बत ११३९ सम्पन्न गरेको छ । बिगत बर्षमा झैँ यस बर्ष पनि त्यसलाई निरन्तरता दिएको छ । नेपाल सम्बत ११३९ समारोह आगामी डिसेम्बर १ तारिखका दिन हुने छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन नेवा समुदायका मानिसले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने परम्परा छ । आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत रहेको छ ।
उक्त कार्यक्रम संस्था द्वारा सन् २००३ मा स्थापना भएको एनओए भाषा केन्द्रका बिधार्थीहरुको अगुवाईमा म्ह पूजा सम्पन्न भएको छ । संस्था सन् २००१ मा स्थापना भएता पनि सन् म्ह पूजा लाई २००६ देखि नै निरन्तरता दिँदै आएको छ l
बिशेष गरि अमेरिकामा जन्मेका र दोश्रो पुस्ताका बालबालिकालाई नेवा भाषा सहित विविध अतिरिक्त क्रियाकलापमा समर्पित उक्त उक्त भाषा केन्द्रले हरेक वर्ष म्ह पूजाको व्यवस्था गराउने गरेको छ l
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष पुस्कर प्रजापतिले म्ह पूजामा सहभागी हुने सबैलाई धन्यवाद दिएका छन् । उक्त कार्यक्रममा नेपालबाट आउनु भएकी नेपाल बिद्युत प्राधिकरणकि उप कार्यकारी निर्देशक शान्ती लक्ष्मी शाक्य लाई सम्मान गरिएको छ । नेपालमा शाक्यलाई कर्पोरेट वुमेन अफ द ईयर वुमेन विथ भिजन २०१८ द्वारा सम्मनित गरिएको थियो ।
म्ह पूजामा नेवा अर्गनाइजेसन अफ अमेरिकाको तर्फ बाट नेवा सगुन तथा नेवा भोजको आयोजना गरिएको थियो l कुल मिलाएर १ सय जनाले म्ह पूजा गरेका थिए l
म्ह पूजा सँगै नेपालको मौलिक संवत् नेपाल संवत् ११३९ को नयाँ वर्ष पनि सुरु भएको छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया