युवा नेता साहद्वारा अग्निपीडितलाई नगदै सहयोग

इनेप्लिज २०७५ कार्तिक २३ गते १२:३० मा प्रकाशित

दीपावलीको रातमा घरमा आगो लागेर सम्पूर्णतः बेघर बनेका सुकुम्बासी बनेका गौर नपा ५ का इस्लाम हुसैनलाई नेकपाका युवा नेता शम्भु साहले नगदै सहयोग गरेका छन् । जिला विकास समितिका पूर्व सभापति गम्भीराप्रसाद निरालाको जमिनमा छाप्रो बनाएर बस्दै आएका इस्लामको घरमा अचानक आगो लागेपछि घर सम्पूर्णरुपमा खरानी हुनुका साथै दुईवटा बाख्रा पनि मरेको र लत्ताकपडा, अन्नपात समेत खरानी भएको थियो ।

फेरि सुकुम्बासी बनेपछि इस्लामलाई सहयोग गरिन थालिएको छ । युवा नेता साहले पाँच हजार रुपैया नगद सहयोग गर्नुका साथै प्लास्टिकका केही भाँडा र त्रिपाल पनि उपलब्ध गराएका छन् । युवा नेता साहले निजलाई घर बनाउनको लागि पनि सहयोग गर्ने र विभिन्न निकायमा समन्वय गराउन पनि भूमिका निर्वाह गर्ने बताएका छन् ।

इस्लामलाई विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग जुटिरहेको छ । सुकुम्बासी बनेका इस्लामलाई सहयोग गर्न विभिन्न संघसंस्थाले पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया