शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१३
वासिङटन डिसी 23:28

क्यालिफोर्नियामा १२ जनाको नरसंहार गर्ने बन्धुकधारी अफगानिस्तानमा रहेका पूर्व नौसैनिक

इनेप्लिज २०७५ कार्तिक २३ गते १२:२६ मा प्रकाशित

गत नोभेम्बर ७ का दिन दक्षिणी क्यालिफोर्नियामा ११:२० मा नरसंहार गर्ने बन्दुकधारी अफगानिस्तानमा रही देशको सेवा गरेका पूर्व नौसैनिक रहेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । । यसरी अमेरिकामा पटक पटक देशका सेवा गरि रहेका र सेवा गरि सकेकाले सर्व साधारणको रक्षा गर्नु पर्नेमा ठीक बिपरित गोलि काण्डमा सरिक भएका उदाहरण छन् ।

२८ बर्षिय ईयान लंग ले १२ जनाको हत्या गरेका थिए जसमा एक प्रहरी सहायक जसले २९ बर्ष सेवा गरेकालाई पनि मारेका थिए । बन्धुकधारी स्वयम आफैले बन्दुक चलाएर मरेका थिए । बन्दुकधारी नौ सैनिकमा सानो पदमा कार्यरत थिए भने उनले सन् २००९ देखि २०१३ सम्म काम गरेका थिए । यसको साथै उनि नोभेम्बर २०१० देखि २०१३ सम्म अफगानिस्तानमा पनि काम गरेका थिए ।

बन्धुकधारी त्यस बेलामा अफगानिस्तानको हेलम्यान्ड प्रान्तमा भिषण आक्रमणको समयमा पुगेका थिए । उनि पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (मानसिक स्वास्थ्य )त्यति ठिक नभएको अर्थात् मानसिक तनाव सम्बन्धि रोगबाट ग्रसित पनि रहेका थिए भनि मानसिक स्वास्थ्य बिज्ञले जनाएका थिए ।

उनि माथि केहि यस्ता अलिक असाधारण गतिबिधि देखिए पछि उनलाई समातेर थुन्न पनि गएका थिए तर मानसिक स्वास्थ्यको कारण उनलाई छोडी दिएका थिए ।

मृतक बन्धुकधारीका साथीले लंग सन् २०१६ भन्दा अगाडी सम्म ठिक रहेको तर सन् २०१६ देखि अलिक फरक भएको संचार माध्यमलाई जनाएका छन । उक्त प्रत्यक्ष दर्शी साथीले मारिएका बन्धुकधारी पनि साथी र उनले बन्धुक द्वारा मारिएका पनि आफ्नै साथी भएको सीएनएनलाई बताएका थिए ।

अहिले सम्म बन्दुकधारीले के उद्धेश्यले नरसंहार गरेको भन्ने अनुसन्धानको बिषय रहेको छ । बोर्डर लाइन्स एण्ड ग्रिल्स नामक उक्त मधुशाला (बार) तथा रात्री क्लबमा जव नृत्य सुरु भयो तव बन्धुकधारीले गोलि चलाउन सुरु गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले प्रवेश गर्ने बितिकै गोलि चलाएको बताएका थिए । उक्त दिन क्यालिफोर्निया लुथेरन बिश्व बिद्यालयका बिद्यार्थीहरुको लागि उक्त मधुशाला(बार) आरक्षित गरिएको थियो । उक्त मधुशालामा अमेरिकन लोक संगीत ,दक्षिण अमेरिकन साल्सा तथा स्विंग (मच्चिने ) नृत्यहरुको लागि बिद्यार्थीहरुका लागि निकै लोकप्रिय रहेको छ ।

लस एन्जेलस बाट ४० माइल्स टाडा रहेको थाउजेन्ड ओक्स शहरमा उक्त घटना घटेको हो । उक्त शहर क्यालिफोर्नियाको भेन्चुरा काउन्टीको दोश्रो ठुलो शहर हो भने लस एन्जेलस बाट उत्तरपश्चिममा रहेको छ । उक्त रात्री क्लब राती ९ बजे देखि मध्यरात २ बजे सम्म चल्दछ ।

प्रतिक्रिया