शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१४
वासिङटन डिसी 23:29

ठेकेदारलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह

सञ्जय मित्र, रौतहट

इनेप्लिज २०७५ कार्तिक २२ गते ११:५८ मा प्रकाशित

रौतहटमा दर्जनौँ पुल, सडक तथा भवन लगायतका भौतिक संरचनाको ठेक्का लिएका नेपाली काँग्रेसनिकट ठेकेदारहरुले समयमा काम पूरा नगर्ने, सम्झौताअनुसारको काम नगर्ने र काम गर भनी कडाइ समयमा राम्रोसँग काम गर भन्दा नेकपाको सरकारलाई गाली गर्ने गरेको नेकपाको प्रदेश २ अध्यक्ष तथा साँसद प्रभु साहले आरोप लगाएका छन् ।

रौतहटको फत्तेपुर, बगही, पिपरिया र भीमडाबरमा छुटाछुटै आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भौतिक पूर्वाधार तथा निर्माणको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्दा काँग्रेसले लोकतन्त्र नै खतरामा परेको बताउँने गरेको बताउँदै रौतहटका काँग्रेसी ठेकेदारहरुले पनि काममा हदैसम्मको लापरवाही गरेको आरोप लगाएका छन् । ठेक्का सकार भइसकेको र निर्माणाधीन अधिकांश भौतिक पूर्वाधार तथा भवनहरुको निर्माणको कार्यमा लापरवाही गर्ने ठेकेदारहरुलाई कारबाहीको कुरो उठाउँदा काँग्रेसका नेताहरुलाई असह्य हुन थालेको बताएका छन् ।
चुनावको समयमा आफूले जनतासित गरेका सम्पूर्ण प्रतिबद्धताहरु क्रमशः पूरा गर्दै लगेको बताउँदै महान जनताले आफूलाई निरन्तर साथ दिइरहेकामा आफूले पनि जनताको हरेक दुखसुखमा सकेको सहयोग गरिरहेको बताएका छन् ।

कार्यक्रममा संघीय साँसद समिना हुसैन तथा प्रदेश साँसद कुन्दन कुशवाहाले केन्द्रदेखि स्थानीय तहसम्मका काँग्रेसी ठेकेदारहरुबीच खैलाबैला मच्चिएको बताएका छन् । एकजना पूर्व ठेकेदार तथा साँसद पक्राउ परेपछि अन्य ठेकेदारहरुले पनि डरले काम थालेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया