शनिबार, मंसिर १ २०७५
काठमाडौं ११:१७
वासिङटन डिसी 00:32

ताजा समाचार : क्यालिफोर्नियाको गोलिबारीमा १२ जनाको मृत्यु ,बन्धुकधारी तथा सहायक प्रहरी पनि मारिए

इनेप्लिज २०७५ कार्तिक २२ गते ११:५३ मा प्रकाशित

दक्षिणी क्यालिफोर्नियामा गत बुधबार राती ११:२० मा बन्दुकधारीद्वारा अन्धाधुन्ध चलाइएको गोलि द्वारा १२ जनाको मृत्यु भएको ताजा समाचार छ । मारिएका १२ जना मध्ये एक प्रहरी सहायक जो अर्को बर्ष अवकास लिनेवाला रहेको प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा बताएका छन् ।

साथै ३ मिनेट भित्र प्रहरी पुगी उक्त बन्दुकधारीलाई पनि ढालेका थिए । २९ बर्षिय रोन हिलस नामक प्रहरी मारिएका छन भने अहिले सम्म बन्दुकधारीको पहिचान हुन् सकेको छैन | के उद्धेश्यले गरेको भन्ने बिषयमा अनुसन्धान हुने प्रहरीले बताएका छन् ।

बोर्डर लाइन्स एण्ड ग्रिल्स नामक उक्त मधुशाला (बार) तथा रात्री क्लबमा जव नृत्य सुरु भयो तव बन्धुकधारीले गोलि चलाउन सुरु गरेका थिए भनि प्रत्यक्षदर्शीले बताएको समाचार सीएनएनमा छ ।

साथै अर्का प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले प्रवेश गर्ने बितिकै गोलि चलाएको बताएका छन । उक्त दिन क्यालिफोर्निया लुथेरन बिश्व बिद्यालयका बिद्यार्थीहरुको लागि उक्त मधुशाला(बार) ओगटिएको थियो । उक्त मधुशालामा अमेरिकन लोक संगीत ,दक्षिण अमेरिकन साल्सा तथा स्विंग (मच्चिने ) नृत्यहरुको लागि बिद्यार्थीहरुका लागि निकै लोकप्रिय रहेको छ ।

लस एन्जेलस बाट ४० माइल्स टाडा रहेको थाउजेन्ड ओक्स शहरमा उक्त घटना घटेको हो ।

उक्त शहर क्यालिफोर्नियाको भेन्चुरा काउन्टीको दोश्रो ठुलो शहर हो भने लस एन्जेलस बाट उत्तरपश्चिममा रहेको छ । उक्त रात्री क्लब राती ९ बजे देखि मध्यरात २ बजे सम्म चल्दछ ।

प्रहरीका अनुसार कम्तिमा ३० वटा गोलि प्रहार गरेको बताएका छन् । उक्त समयमा सयौ मानिसहरु उक्त रात्री क्लबमा रहेका थिए ।

प्रहरीका अनुसार बन्दुकधारीले अर्ध स्वचालित बन्दुकद्वारा आक्रमण गरेको हुन् सक्ने बताएका छन् ।

प्रतिक्रिया