शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:१२
वासिङटन डिसी 23:27

ताजा समाचार : क्यालिफोर्नियामा गोलि चल्दा ११ जना घाइते

इनेप्लिज २०७५ कार्तिक २२ गते १०:२९ मा प्रकाशित

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा गत राति बुधबार एउटा रात्री क्लब( अड्डा)मा गोलि चल्दा ११ जना घाइते भएको खबर छ । गत राती थाउजेन्ड ओक्स मा आम गोलीकाण्ड (मास सुटिंग)हुदा कम्तिमा ११ जना घाइते भएको प्रहरीले जनाएका छन् । लस एन्जेलस बाट ४० माइल्स टाडा रहेको थाउजेन्ड ओक्स शहरमा उक्त घटना घटेको हो ।

उक्त शहर क्यालिफोर्नियाको भेन्चुरा काउन्टीको दोश्रो ठुलो शहर हो भने लस एन्जेलस बाट उत्तरपश्चिममा रहेको छ । बोर्डर लाइन्स एण्ड ग्रिल्स मा मध्य रात हुनु अगाडी ११ :२० मा घटेको संचार माध्यमले उल्लेख गरेका छन् ।

घटना हुना साथ प्रहरी पुगेको थियो भने घाइते हरुको अवस्था अहिले सम्म जानकारी प्राप्त भएको छैन । उक्त रात्री क्लब रति ९ बजे देखि मध्य रात २ बजे सम्म चल्दछ । प्रहरीका अनुसार कम्तिमा ३० वटा गोलि प्रहार गरेको बताएका छन् । उक्त समयमा सयौ मानिसहरु उक्त रात्री क्लबमा रहेका थिए ।

प्रहरीका अनुसार बन्दुकधारीले अर्ध स्वचालित बन्दुकद्वारा आक्रमण गरेको जनाएको खबर एबिसी न्युजले लेखेको छ ।

तस्बिर स्रोत : एबिसी न्युज

प्रतिक्रिया