स्थानीय जातिका गोवंशको संरक्षण नगरे मानवसहित सबैलाई खतरा हुने

इनेप्लिज २०७५ कार्तिक २१ गते १२:०९ मा प्रकाशित

नवलपुर, कार्तिक २१ । दिपावली, लक्ष्मीपूजा तथा गाईतिहारको शुभउपलक्ष्य पारेर गौ सेवा कोषले पृथ्वी, पृथ्वीमा रहेका मानवजाति सहित सबै प्राणी एवं वातावरण र प्राकृतिक संपदा सबैको सुरक्षाको लागि स्थानीय जातिका गोवंशको संरक्षण अपरिहार्य रहेको भन्दै सबैको ध्यान आकर्षण गरेको छ ।

कोषका सदस्यसचिव नरबहादुर सुनारले जारी गर्नुभएको शुभकामना एवं आव्हान विज्ञप्तिमा मानवजीवनको लागि अति महत्त्वपूर्ण भूमिकामा रहेका स्थानीय जातिका गोवंश वर्तमानमा अत्यन्तै अपहेलित, अपमानित, वेवारिसे र असुरक्षित हुँदै गएको र शास्त्रोक्त गुणलक्षणसम्पन्न वास्तविक लक्ष्मीस्वरूपा गाईको वंशलोप हुने खतरा बढेको तर्फ चिन्ता व्यक्त गरिएको छ ।

विज्ञप्तिमा सदस्यसचिव सुनारले संपूर्ण नेपाली आमा–बुबा, दिदी–बहिनी एवं दाजु–भाइहरूका नाममा सम्बोधन गर्दै जलवायुमा आएको परिवर्तनलाई नियन्त्रण गरी सन्तुलनमा ल्याउन स्थानीय जातिका गोवंशको संरक्षण अनिवार्य रहेको तथ्यमा वैज्ञानिकहरू पुगेको कुरालाई कोट्याउँदै यी गोवंशको संरक्षणमा ध्यान पुर्याउन नसकेमा समग्र पृथ्वी र जीव एवं वनवनस्पति जगत नै खतरामा पर्ने कुरा विभिन्न अध्ययन अनुसन्धानले वैज्ञानिक रूपमै पुष्टि भइसकेको दाबी गरेका छन् ।

स्थानीय जातिका गोवंशको संरक्षण तथा वंशवृद्धि र गौ क्षेत्रलाई आत्मनिर्भर गराउने उद्देश्य राखेर गौ सेवा कोषको स्थापना गरिएको जानकारी गराउँदै सुनारले सो कोषमार्फत देश भरीका स्थानीय जातिका गोवंशको संरक्षणको लागि जुट्न आमसर्वसाधारण सबैलाई आवहान गरेका छन् । ‘मृत्युसंस्कार, जन्मोत्सव, व्रतबन्धादि अनुष्ठान, पर्वआदिमा यस कोष अन्तर्गतको अक्षयकोषमा दानसहयोग गरीगराई अक्षयपुण्यार्जन गर्ने संस्कारको विकास गरौं । सबैलाई यस प्रकारको कार्यमा अग्रसर हुने सद्बुद्धिको लागि गौमाताको आशिर्वाद प्राप्तहोस्’ कोषको तर्फबाट सबैलाई दिपावली एवं गाईतिहारको शुभकामना दिँदै सचिव सुनारले लेखेका छन् ।

विज्ञप्तिमा बैंकमार्फत सहयोग गर्न चाहनेहरूको लागि सहज होस्भन्ने हेतुले आवश्यक विवरण पनि उल्लेख गरिएको छ । बैंकमार्फत सहयोग गर्न चाहनेहरूको लागि उल्लेख भएको बैंक विवरण यस प्रकार रहेको छ –

खाताको नाम ; गौ सेवा कोष ।
बैंक : राष्ट्रिय वाणिज्य बैंक लि.
महाराजगञ्जशाखा।
खाता नं. : ११५०००२२८००१ ।

अर्थात अँग्रजीमा

Account Holder :Cow Welfare Fund

Bank :RastriyaBanijya Bank Ltd.

Maharajgunj Branch.

A/C No: 115000228001

Swift Code: RBBANPKA

मानव स्वास्थ्यमा देखिने रोगको औषधोपचार, दुग्धादि पदार्थमा पाइने पौष्टिकता, कृषिको लागि भूमिलाई उर्वर गराउन लगायतका धेरै कार्यमा अत्यन्तै महत्त्वपूर्ण भूमिकामा रहेका स्थानीय जातिका गोवंशको महत्त्व नबुझेर बेवारिसे रूपमा छाडा छोड्ने, चोरी तस्करी गरी भारत, श्रीलङ्का, बंगलादेश निकासी गर्ने जस्ता कार्यहरू हुन थालेको विडम्बनापूर्ण अवस्था छ । यस्तो स्थितिमा यस प्रकारको कार्यको थालनी हुनु स्रहानीय कुरा हो । यस्ता सकारात्मक कार्यलाई सम्बद्ध क्षेत्र तथा सम्बन्धित सबैले समयमै बुझेर साथसहयोग पुर्याउनु बुद्धिमानी हुने देखिन्छ ।

प्रतिक्रिया