ह्यारी भण्डारीले ईतिहास रच्दै मेरिल्याण्ड राज्य प्रतिनिधि सभा सदस्यमा बिजयी

इनेप्लिज २०७५ कार्तिक २१ गते ४:४५ मा प्रकाशित

अमेरिका । मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट डेमोक्र्याटिक दलका तर्फबाट राज्य प्रतिनिधि सभा सदस्यमा ह्यारी भण्डारी बिजयी भएका छन् । भण्डारीले अमेरिका आएका नेपाली समुदायको ईतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा मेरिल्याण्डको राज्य सभासदमा खाता खोल्न सफल भएका छन् ।

गत जुन २६ ,२०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनि दोश्रो स्थान हासिल गरि बिजयी बनेका थिए । आज सम्पन्न भएको मध्यावधि निर्वाचनमा उनि दोश्रो स्थानमा आई बिजयी भएका छन् ।

प्रतिक्रिया