भाइरल जोडी बखत बिस्ट र प्रतिभा बिस्टको सबिलाई रुवाउने पहिलो गीतको भिडियो हेर्नुहोस्

इनेप्लिज २०७५ कार्तिक २० गते १२:१८ मा प्रकाशित

प्रतिभा बिस्ट र बखत बिस्टको ३ करोड नेपालीलाई रुवाउने पहिलो गीत, बखत बिस्टले लेखे आफनै जीवनमा मेलखाने गीत, प्रतिभा बिस्ट र बखत बिस्टको अभिनय रहेको भिडियो ! हजुरहरु सबैलाई तिहारको शुभ कामना : भिडियो मन परेमा लाइक , शेर , कमेन्ट गर्नुहोस !!

नेपालको भाइरल जोडीको गीत बजारमा आएको छ । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरिले निकै आकर्षक पारामा आवाज भरेका छन् ।

गितमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गायक कर्णराज गिरिले राष्ट्रभावले लिप्त रहेको गीत ‘बनाउ नेपाल’ मा आफ्नौ आवाज दिन पाउँदा धेरै खुसी लागेको बताए । उनले गीतमा जस्तै विदेशमा रहेका सारा नेपालीलाई नेपाल फर्कन आह्वान पनि गरेका छन् ।

त्यस्तै गीतका लेखक बखत बिष्टले गीतले विदेशमा रहेको नेपाली जनशक्तिलाई स्वदेश फर्कन आह्वान गरेको बताए । नेपाली युवा विदेश गएर नभई स्वदेशमै संघर्ष गरेमात्रै मुलुक समृद्धिको बाटोमा लम्कने उनको बुझाई छ । आगामी दिनमा पनि यस्तै गीतमा कलम चलाउने उनको भनाइ छ ।

पश्चिम नेपालका बखत र प्रतिभाले आपसमा विवाह गरेपछि यो जोडी अहिले संसारभर भाइरल भइरहेको छ । देश विदेशमा बस्ने धेरैले यो जाडीको प्रसंसा गरीरहेका छन् । उनिहरु अहिले काठमाण्डौमा बसेर संघर्ष गरीरहेका छन् ।

प्रतिक्रिया