जापानी टापु डुब्यो

यादवराज जोशी २०७५ कार्तिक १९ गते २३:४३ मा प्रकाशित

बढदो समुद्री सतहका कारण जापानको एक टापु डुबेको छ । हालै डुबेको पत्ता लागेको टापु जापानका एकसय ५८ मानवविहिन टापु मध्ये एक हो । डुबेको टापुको नाम इसान्बेहानाकिताकोजिमा हो ।

सन् २०१४ सम्म समुद्रमा देखिने टापु एकाएक हराएको थाहा भयो, जापानी समाचार पत्र आशी शिम्बुनले लेखेको छ । होक्काईदो टापु नजिक रहेको उक्त सानो टापु सन् १९८७ मा समुद्रभन्दा साढे चारफिट माथि थियो ।

जापानी टापुहरुका बारेमा पुस्तक लेखेका हिरोशी शिमिजुले शुक्रबार उक्त टापु पहिलेको स्थानमा नदेखिएको थाहा पाएका हुन । इसान्बेहानाकिताकोजिमा टापुको स्थिती पत्ता लगाउन जापान सरकारले समुद्री तट रक्षक परिचालन गरेको छ । सानो टापु पानी र हुरीले क्षति गर्दै लग्यो र समुद्रमा बिलिन भएको हुनसक्ने अनुमान छ ।

साना टापुहरु समुद्रमा हराउने कुरा नौलो होइन । सन् २०१६ मा प्रशान्त महासागरस्थित सोलोमन द्वीप समुहका पाँच टापुहरु समुद्रमा हराएको पत्ता लागेको थियो । ति टापुहरु सन् १९४७ र सन् २०१४ बीच समुद्रमा डुबेको अनुमान छ ।

फोटो क्याप्सनः समुद्रमा हराएको इसान्बेहानाकिताकोजिमा टापु खोज्दै तट रक्षक र पानीजहाज ।

प्रतिक्रिया