चितवनको कालिकामा संचालित सगुन महोत्सव सकियो

इनेप्लिज २०७५ कार्तिक १९ गते १२:३२ मा प्रकाशित

खोलेसिमल, चितवन, १९ कार्तिक ।

बाढीपिडित, भूमिहिन एवम् अव्यवस्थित रुपमा बसोबास गरिरहेकाहरुको समस्या तत्काल समाधान गर्नुपर्ने राष्ट्रिय सभाका सांसद एवम् राष्ट्रिय सरोकार एवम् समन्वय समितिकी सभापति पार्वती रावलले बताइन् । विभिन्न समयमा भएका दैवी प्रकोप एवम् बाढीबाट विस्थापितहरु एवम् अव्यवस्थित रुपमा बसोबास गर्न बाध्य नागरिकको सरकारले तत्काल व्यवस्थित रुपमा समाधान गर्न उनले अनुरोध समेत गरिन् । चितवनको कालिका नगरपालिका वडा नं. ६ रेडक्रसग्राम चौरमा आयोजित सगुन महोत्सवको समापन कार्यक्रममा बोल्दै सभापति रावलले बसोबास गरिरहेकाहरुलाई सोही स्थानमा र बस्ने व्यवस्था नभएकाहरुलाई तत्काल व्यवस्था गरी राख्नुपर्ने समेत उनले बताइन् । अब बोल्ने भन्दा पनि काम गर्ने समय आएको भन्दै जनताको जनअपेक्षा पूरा गर्ने तवरले स्थानीय, प्रदेश र केन्द्र सरकारले काम गर्न पर्ने समय भएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावलले यस्ता मेला, महोत्सवले स्थानीयस्तरमा भएका उत्पादनहरुको प्रवद्र्धन एवम् पर्यटकीय क्षेत्रहरुको समेत  प्रचारप्रसार हुने भएकोले मेला, महोत्सवको महत्वपूर्ण भूमिका रहने समेत उनले बताइन् ।
समापन कार्यक्रम मुल समारोह समितिका संयोजक केशव लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सह संयोजक प्रेम कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टाराई, नेकपाका नेता जयचन्द्र प्रसाद चौधरी, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष प्रेम कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

“कृषि, पर्यटन, व्यापार, उद्योग, कला तथा संस्कृतिको प्रवद्र्धन गर्ने मूल आधार, स्वास्थ्यमा सबैको पहँुचको लागि हामी सबैको अधिकार” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा यस क्षेत्रको पर्यटन र कृषिलाई प्राथमिकता दिइएको थियो । स्थानीय सगुन विकास समाज र वरपिपल महिला समाजको आयोजनामा भएको महोत्सवमा १ सय ५० स्टल रहेका थिए । कालिका क्षेत्रको पर्यटकीय क्षेत्र सिन्ती झरना, कालिका मन्दिर, चित्राम झरना, विभिन्न धार्मिक क्षेत्रहरु गुम्बा लगायत कृषि, व्यवसायको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको थियो ।

नगरको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारको अतिरिक्त विभिन्न जातजातीको भेषभुषा, रहनसहनको समेत प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्देश्य रहेको थियो । यस क्षेत्रका जनताको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यका साथ महोत्सवबाट बचतबाट भएको रकमबाट एम्बुलेन्स खरीद गर्ने उद्देश्य रहेको मुल समारोह समितिका सदस्य रामशरण पाठकले जानकारी दिए । स्थानीय बजारको विकास र प्रवद्र्धनका अतिरिक्त यस क्षेत्रका उत्पादनहरुको प्रचार तथा विक्री समेत महोत्सवको मुख्य उद्देश्य रहेको थियो । महोत्सव गत कार्तिक ८ गतेबाट शुरु भएको थियो ।

प्रतिक्रिया