शुक्रबार, भदौ ३ २०७९
काठमाडौं १०:५५
वासिङटन डिसी 01:10

सम्पति खाने दिदीले दुर्गा कुँवरलाई अन्याय गरेको भन्दै छिमेकीले यस्तो गरे

इनेप्लिज २०७५ कार्तिक १९ गते १२:०४ मा प्रकाशित

पोखरा, १४ कार्तिक । आफ्नै बाबुलाई पति र हजुरबालाई ससुरा बनाएको दिदीले बहिनीले माथि अन्याय गरेको भन्दै पोखराका महिलाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री, कानुनमन्त्री, उपसभामुख, जिल्ला प्र्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका र वडा कार्यालय १५ मा मंगलबार जानकारी गराएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरीक मामिला तथा कानुनमन्त्री हरीबहादुर चुमान, उपसभामुख सृजना शर्मा, महानगरपालिका प्रमुख मान बहादुर जिसी र १५ का वडा अध्यक्ष प्रकाश पौडेललाई दुर्गा अन्यायमा परेको विषय जानकारी गराइएको हो ।

सो क्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कहिलेकाँही कानुनले एउटा पक्षलाई न्याय दिदा अर्को पक्ष अन्यायमा परेको हुनसक्छ, यसको विषयमा यथार्थ बुझेर अगाडी बढ्ने बताउनुभयोे । गुरुङले आफुले कानुनको परिधिमा रहेर गर्नसक्ने सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया