चर्चित फोटोग्राफर राजिव श्रेष्ठको तिहार विशेष ‘फोटोशूट’

इनेप्लिज २०७५ कार्तिक १९ गते ४:२५ मा प्रकाशित


वाशिंगटन डी. सी., अमेरिका । फोटोकलाको माध्यमबाट आफ्नो कला अभिव्यक्त गर्दै आएका चर्चित फोटोग्राफर राजिव श्रेष्ठले तिहार विशेष ‘फोटोशूट’ अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न गरेका छन् । फोटो बैंक स्टुडियोकी “ब्रान्ड एमबेस्डर” मोडेल रिमा के.सी.लाई तिहार बिशेष “फोटोशूट”मा प्रस्तुत गरेका छन् ।

नेपालमा रहँदा पनि तिहारलाई विभिन्न मोडेल तथा सेलेब्रिटी ‘फोटोशूट’ मार्फत प्रस्तुत गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि त्यहि कलालाई निरन्तरता दिईरहेका छन् । फोटो-कलाको माध्यामबाट नेपाली तथा विदेशी मोडेल, कलाकार तथा सेलेब्रिटी विश्वमा परिचित गराएका श्रेष्ठ तिहारमा गरिने फोटोशूटको विशेष महत्व हुने बताउँछन् ।

राजिव श्रेष्ठका तिहार विशेष फोटोहरु क्रमश मिडिया आउने कुरा बाताएका छन् । अमेरिकाका विभिन्न राज्यमा नेपाली समुदायले देउसी भैलो सुरु गरिसकेका छन् । वर्ष नेपालीपात्रो अनुसार बिक्रम सम्बत् २०७५ साल कार्तिक १९ गते मंगलबार काग तिहारबाट सुरु भएर २३ गते शुक्रबार तदअनुसार सन् २०१८ नोभेम्बर ९ तारिक शुक्रबार अमेरिका र क्यानाडामा रहेका नेपाली समुदायमा यसपालीको भाइ टीका लगाउने छन् । तिहार हार्दिक शुभकामना !

प्रतिक्रिया