बिहीबार, असोज ७ २०७८
काठमाडौं १४:३०
वासिङटन डिसी 04:45

ताजा समाचार : अमेरिकाको युटहका नगर प्रमुख अफगानिस्तानमा मारिए

इनेप्लिज २०७५ कार्तिक १८ गते १२:०९ मा प्रकाशित

अमेरिकाको युटह शहरका नगर प्रमुख ब्रेन्ट टेलरलाई अफगानिस्तानमा अन्तरंग आक्रमण द्वारा मारिएको खबर छ । मृतक नगर प्रमुख टेलर युटह राज्यको राष्ट्रिय सुरक्षा संग सेवा गरि रहेको अवस्थामा आक्रमणमा परि निधन भएको हो । काबुलमा युटहको उत्तर ओगदेनका नगर प्रमुख टेलर गत शनिबार प्रत्यक्ष अन्तरंग आक्रमणबाट मारिएको खबर सीबिएस समाचारमा छ ।

साथै अर्का अमेरिकन सेवा बिभागका सदस्य घाइते भएका छन् भने उनको उपचार भै रहेको छ । युटहका सहायक गभर्नर( राज्यपाल) स्पेंसर जे कक्सले आफ्नो सामाजिक संजाल अनुहार कितावमा नगर प्रमुख ३९ बर्षिय मारिए भनि लेखेका छन् ।

यसै गरि आक्रमणमा परि मृत्यु भए पछि अमेरिकन सिनेटर ओरिन ह्याचले शनिबार वक्तब्य जारी गर्दै नगर प्रमुखलाई ” ब्रेंट नायक थिए ,देशभक्ति तथा एक विलक्षण पिता तथा प्यारा साथी ” रहेको उल्लेख गरेका छन् । साथै अफगानिस्तानमा उनको मृत्युको समाचार विनाशकारी भएको जनाएका छन् । ७ सन्तानका पिता तथा पत्नी जेनीका पति थिए । गभर्नर ग्यारी हरबर्ट तथा अमेरिकाका पूर्व राष्ट्रपतिका उम्मेदवार मिट रोमनीले पनि समबेदना प्रकट गरेका छन् ।

तस्बिर स्रोत : केयुटिभी डटकम

प्रतिक्रिया