तुलाधरको निधनले राष्ट्रलाई क्षतिः प्रचण्ड

इनेप्लिज २०७५ कार्तिक १८ गते ११:४४ मा प्रकाशित

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार निधन भएका मानवअधिकारकर्मी पद्यरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अस्पतालमै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताए । तुलाधर जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेलेका व्यक्ति भएको बताए ।

उनले भने, “उहाँले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”

प्रतिक्रिया