क्यानडामा साहित्य समाजले मनायो लक्ष्मी जयन्ति

इनेप्लिज २०७५ कार्तिक १८ गते ४:३५ मा प्रकाशित

न त मञ्च थियो, न त कोही प्रमुख अतिथि । न त कसैले सभाको सभापतित्व गरेका थिए, न त खाँदा लगाउने काम नै भयो । यसरीनै कार्यक्रम संचालन गर्दै आएको छ नेपाली साहित्य समाज, क्यानडाले ।समाजले सधाझै यसपटक पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ति काव्य वाचनका साथ मनायो । नोभेम्बर १२, १९०९ मा जन्मनु भएका महाकविको विलक्षण प्रतिभाका बारेमा जानकारी गराउँदै उनका कविताबाट बिट मार्दै समाजका महासचिव रबिन थपलियाले कार्यक्रम संचालन गर्न थाल्नु भयो । त्यसपछि समाजका संस्थापक तथा वर्तमान सभापति डा. गोबिन्द रावतले देवकोटाको प्रतीभा र समाजमा त्यसको प्रभावका बारेमा प्रकाश पार्दै आप्रवासी नेपाली साहित्य मनहरुले देवकोटाको घरलाई संग्राहलय बनाउने कामप्रति पहल गर्नु पर्ने अनुरोध गर्दै आफ्नो कविता वाचन गर्नु भयो । त्यसपछि समाजका संस्थापक तथा सल्लाहकार डा. तुलसी धरेलले आफ्नो कविताबाट समाजको विसंगति स्थितिमाथि व्यंग्य गर्दै वाचन गर्नु भयो । कार्यक्रममा एन.आर.एन. क्यानडाका अध्यक्ष तथा समाजका सल्लाहकार गोपीकृष्ण काफ्लेले समाजले गरेका कार्यहरुको प्रसंसा गर्दै एन.आर.एन. क्यानडासँग सहकार्य गर्दै आएको समाजलाई सँगै हिडेर मिलेर आप्रवासमा नेपाली भाषा साहित्यको समद्र्धन गर्नु पर्ने भन्नु भयो । क्यानडामा ४० वर्षअघिदेखि नेपाली भाषा साहित्य र समाजको सेवा गर्दै आउनु भएका किरण ढुङ्गानाले आफ्ना कृतिका बारेमा जानकारी गराउनु भयो ।

त्यसपछि शुरु भएको एकपछि अर्को काव्यको वर्षाले उपस्थित काव्य पाठकहरुलाई छताछुल्ल पारी दिएको थियो । काव्य वाचन गर्नु हुनेहरुमा पुण्यसागर मरहट्टाले लौ तेरो भारत महान र जात्रै भो हजुरु जात्रै व्यंग्य कविता सुनाउनु भयो, केसव मरहट्टाले श्रद्धान्जली महाकविप्रति छन्द कविता, रवि बस्नेतले लाखें र जिन्दगी के हो दुईवटा सांस्कृतिक झलक र जीवन दृष्टी भएको कविता वाचन गर्नु भयो । योगेन्द्र रेग्मीले गजल, गोपीकृष्ण काफ्लेले गजल र हाईकु, खेम गुँरागाईले फिरङ्गीको देश सटिक र मातृत्व मूल्यबोध भएको कविता वाचन गर्नु भयो । लीलानाथ पाण्डेले आसा मरेको दिन, निराशावादी कवितासँगै सुमधुर गीत सुनाउनु भयो । राधिका अर्यालले चर्चित हुने मन छ देवकोटाप्रति प्रश्न सोधिएको कविता, सावित्रा विष्टले भाइटिका कविता, प्रदिप पौडेलले मानसलाई जीवनबोध गराउने समय र जीवन दुई टुक्रा काव्य प्रस्तुत गर्नु भयो । त्यस्तै कार्यक्रमको अन्त्यमा समाजका पूर्व अध्यक्ष मुक्ती गौतमले पठाउनु भएको हजारी पूmल र दिदी, जीवनको वास्तविकतालाई स्पर्स गरेको कवितालाई रबिन थपलियाले पढेर सुनाउनु भयो । समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार रमेश थापाले देवकोटाको कविता गीत सुनाएपछि दशैं र आमा दुईवटक कविता वाचन गर्नु भयो । कार्यक्रमको अन्त्यमा अनुप न्योपानेले गोष्ष्ठीको वातावरणलाईनै रमाइलो बनाउन आफ्नो चर्चित कविता श्रीमती पुराण सुनाएर मनोरञ्जन पस्कनु भयो ।

कार्यक्रमको आक्रशक बन्न पुगेको थियो शिक्षक र विद्यार्थीको ३० वर्षपछिको भेट । नेपालबाट भ्रमणमा आउनु भएका शारदा मरहट्टलाई देखेर रवि बस्नेतले म हजुरको विद्यार्थी र ३० वर्षपछि भेट्दै छु भनेपछि सभाको वातावरण नै एकैछिन तालीले गुञ्जयमान भएको थियो । कार्यक्रममा लक्ष्मी गौतम, शारदा ढुङ्गाना, रोशन बस्नेत, श्याम श्रेष्ठ, किरण पौडेल, टंक दरङ्गा, उमेश कोईराला, विरेन्द्र लम्साल, दिनेश खतिवडा, चेतराज खड्का, अञ्जती भट्टराई, हरिप्रसाद लामिछाने, लक्ष्मी रेग्मी आदिले काव्य श्रवणबाट पाउने सुखका कविताप्रतिको रुचिका बारेमा आफ्ना अनुभवसँगै अर्कोपटक काव्य लिएर उपस्थित हुने रहर रहेको बताउनु भएको थियो ।

प्रतिक्रिया