बिशेष ताजा समाचार : अमेरिकामा यौन दुर्व्यबहारमा कारागार परेका तेक्वान्दो प्रशिक्षक रंजित निर्दोष सावित
गत बर्ष नोभेम्बर २०१७ मा यौन दुर्व्यबहारमा पक्राउ परेका ५१ बर्षिय तेक्वान्दो प्रशिक्षक सुद्धोधन मान रंजितलाई अदालतले निर्दोष ठहर गरेको छ । गत बर्ष ओरेगन राज्यको वाशिंगटन काउन्टीको बिभर्टन शहरमा तेक्वान्दो प्रशिक्षक रहेका रंजितलाई १५ वटा यौन दुर्व्यबहारको आरोप लगाइएको थियो ।
जस मध्ये १२ वटा प्रथम श्रेणीका थिए भने ३ वटा द्वितीय श्रेणीका आरोप लगाइएका थिए । गत अक्टोबर २६ ,२०१८ तारिखका दिन उनि माथि लगाइएका यौन दुर्व्यबहार दोषी नपाइएको समाचार स्थानीय केपीटिभीले उल्लेख गरेको छ । वाशिंगटन काउन्टीका प्रहरीले गत बर्ष पक्राउ गरि कारागार समेत पुर्याएका थिए ।
उनलाई गत बर्ष विभिन्न बालबालिकालाई दुर्ब्यबहार उनको तेक्वान्दो प्रशिक्षण केन्द्रमा गरेको तथा उक्त समयमा दुर्ब्यबहार गरेको प्रमाण समेत पाइएको जनाएका थिए । गत शुक्रबार उनि दोषी मुक्त भएको र उनि माथि लागेको प्रथम श्रेणीका दुई वटा अभियोग तथा दोश्रो श्रेणीको दुई वटा अभियोग बाट दोषी मुक्त भएका छन् ।
उनि ओरेगन स्थित नेपाली एसोसिएसन अफ ओरेगनका पूर्व अध्यक्ष समेत रहेका थिए । गत बर्ष नोभेम्बरमा उनलाई १४ बर्ष मुनिका ३ वटा किशोरीहरुलाई अनुचित रुपमा छोएको भनेर यौन दुर्ब्यबहारको आरोप लगाइएको थियो । त्यसै गरि उनलाई गत मार्च २०१८ मा पनि दुई वाट किशोरीलाई पनि यौन दुर्ब्यबहारको आरोपमा मुसिएका थिए ।
कानुनी रुपमा उनको अदालतमा बिजयी भएको खबरले नेपाली समुदायमा खुशी छाएको छ ।
तस्बिर श्रोत :विभिन्न संचार माध्यम
भर्खर छापिएको पत्रिकामा यस्तो :
गत बर्ष विभिन्न स्थानीय पत्र पत्रिकाले छापेका समाचार यस्ता :
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया