गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ सार्वजनिक

इनेप्लिज २०७५ कार्तिक १६ गते २२:२९ मा प्रकाशित

मोर्डन स्टार टिभिको प्रस्तुती एवम् गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ सार्वजनिक गरिएको छ । शुक्रबार रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमका बीच पूर्व कानून मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेर बहादुर तामाङले गीत सार्वजनिक गरेका हुन ।

भिडियो सार्वजनिक गर्दै ‘कालिकालि’ बोलको गीतमा पूर्वदेखि पश्चिमसम्मको मौलिक पनलाई उतारिएको बताउदै मन्त्री तामाङले गीत उत्कृष्ठ हुने विश्वास व्यक्त गरे ।

गायिका साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा सुशिल सिलवालले स्वरमा साथ दिएका छन् । भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् भने गीतका सुन्दर दृश्यहरु उत्तम हुमागाईले क्यामेरामा कैद गरेका हुन । गीतको भिडियोमा चर्चित मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय रहेको छ ।

त्यस्तै उत्तम विक्रम केसीले बजार व्यवस्थापन गरेका छन् भने भिडियो सम्पादन ललितसिंह साउदले गरेका हुन ।

प्रतिक्रिया