आप्रवासन लगायत अन्य विषयका लागि हामी निर्वाचनमा सहभागी बनौ : प्रहलाद केसी,आयुक्त एसियन अमेरिकन कमिसन अफ म्यासाचुसेट्स

विजय थापा २०७५ कार्तिक १६ गते १०:४४ मा प्रकाशित

आगामी नोभेम्बर ६ तारिखमा हुने मध्य अवधिका लागि भै रहेको निर्वाचनको लागि आप्रवासन लगायत अन्य हाम्रा उठान गर्नु पर्ने समस्याहरुका का लागि हामी निर्वाचनमा सहभागी हुनु पर्ने कुरामा एसियन अमेरिकन कमिसन अफ म्यासाचुसेट्स का नव नियुक्त आयुक्त प्रहलाद केसीले बताउनु भएको छ ।

केसीलाई गत अक्टोबर २४ तारिखका दिन म्यासाचुसेट्सका गभर्नर तथा चार्ल्स बेकर तथा सहायक गभर्नर क्यारिन पोलिटोले निर्वाचन अगाडी पुन: नियुक्त गरेका थिए । म्यासाचुसेट्स राज्यभरका लागि आम निर्वाचनमा गराउने जिम्मेबार पाउने पहिलो एशियाई अमेरिकी हुन अवसर पाएकोमा गर्व लागेको बताउनु भयो ।

केसी उक्त पदमा नियुक्त भए पछि उनको मुख्य कार्य भनेको सबैलाई आउदो निर्वाचनमा मतदाताहरुलाई मतदानमा भाग लिन लगाउने रहेको बताउनु भयो । हामीले निर्वाचनमा भाग लिएनौ भने हाम्रा मुद्धाहरुको सम्बोधन नहुने बताउनु भयो । हाम्रा थुप्रै समस्याहरु रहेका छन । यसको लागि हाम्रा मानिसको प्रतिनिधित्व हुनु पर्छ अनि हाम्रा दुखेसो र समस्याको समाधान हुन्छ । एसियन अमेरिकन तथा नेपाली समुदाय निकै अल्पमतमा छौ केसीले भन्नु भयो । जति छौ मतदानमा भाग लिऔ र हाम्रा आवाज व्हाइट हाउसमा सुनियोस ।

दिनहु झन् झन् जटिल आप्रवासन सम्बन्धि नियम कानुन बन्दै गरेको हामीले देखेका छौ र भोगेका छौ भन्नु भयो । यसको लागि हामी एसियन अमेरिकनका राज्यका प्रतिनिधि हुन् या स्थानीय स्तर हाम्रो क्षेत्रमा मात्रमा बिजयी बनाए मात्र हाम्रा कुरा वाशिंगटन डिसीमा सुनिने बताउनु भयो ।

केसी ले अगाडी भन्नु भयो आफ्नो काम भनेको डेमोक्रेटिक या रिपब्लिकन को कुनै पनि पक्षमा नभएर हाम्रा मुख्य आप्रवासन र अन्य समस्यालाई एसियन अमेरिकन ककस लाई सहयोग गर्ने बताउनु भयो ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन् भने उनका अनगिन्ती लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । साथै ,उनले हरेक दिन दर्जनौ मूलधारका समाचार ,सामुदायिक समाचार र बिश्वभरिका दैनिक अन्तर्राष्ट्रिय समाचार ,अन्तर्वार्ता र स्वास्थ्य सम्बन्धि  कार्यक्रम संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया