जय देबकोटाको बिल्कुलै नयाँ तिहार गित, मनमा बस्न सक्छ तपाईको पनि

इनेप्लिज २०७५ कार्तिक १६ गते १०:४० मा प्रकाशित


नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचानका साथ अघि बढीरहेका गायक जय देवकोटाको तिहार देउसी गीत बजारमा आएको छ । केहि नयाँ गरौ भन्ने सोचका साथ आफ्ना सिर्जनाहरु बहिर ल्याउने गरेका देवकोटाले यसपटक पनि यसको निरन्तरता दिएका हुन । देउसी भैले र रमाईलो कुरा मात्रै होईन , उनले आफ्नो गीतमा दाजु भाई नहुने दीदी बहिनी र दीदी बहिनी नहुने दाजुभाईको पिडालाई गीत मार्फत पोखेका छन् ।

युटुबमा सार्वजानिक भएको छोटो समयमानै दर्शकले उक्त गीतलाई अत्याधिक रुचाएका छन भने दर्शकको सकारात्मक प्रतिकृयाले देवकोटा दंग छन् । मान्छेको मन नाम दिईएको उक्त गितमा जय देवकोटाको संगित तथा स्वर रहेको छ भने उनलाई टिका पुन र पुर्णकला बिसीले पनि स्वरमा साथ दिएका छन् । बिष्णु जंग शाहको शब्द रहेको उक्त गितको भिडियोलाई बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् । गितको भिडियोमा कलाकारलाई कम्मर मर्काउन सिकाउने काममा बबिता संगै राजेश घिमिरेले पनि सहयोग गरेका छन् ।

भिडियोमा जय देबकोटा, रिना थापा,रुविना अधिकारी,एलिना रायमाझी लगायतका कलाकारहरु देखिएका छन् ।

प्रतिक्रिया