मोड्ल प्रतिक्षाले हजार गल्ति गरे पछि भयो जितेनसगँ  मायाँमा गडबड।

भोला थापा २०७५ कार्तिक १६ गते ५:५१ मा प्रकाशित

काठमान्डौ ।

नेपाली रङ्ग संसारमा चलेकी नायीका तथा मोड्ल प्रतिक्षा खड्काले मायाँमा हजार गल्ति गरेपछि उनको मायाँ जितेनसगँ विछोड हुन पुगेको छ ।

यो साचिकै सत्य मायाँ विछोड नभएर नेपाली सुगम संगीतमा जमिरहेका गायक प्रमोद खरेलको भर्खरै बजारमा सार्वजनिक भएको नयाँ गीत “हजार गल्ती” को अभिनयमा उनको मायाँमा हजार गल्ति भएको हो ।

उक्त”हजार गल्ति “शीर्षकमा बजारमा आएको गीतमा स्वर प्रमोद खरेलको रहेको छ भने गीतमा शब्द सरला गाहा थापा, संगीत हितान शुक्रको रहेको छ ।

गीतको म्यूजिक भिडियो पछिल्लो समय ब्यस्त रहेका मोडल जितेन क्षेत्रीको साथमा प्रतिक्षा र सूर्यले अभिनय गरेका छन ।

म्यूजिक भिडियोको सम्पादन निराजन के.सीले गरेका छन भने छायाँकन जयराम थापाले गरेको भिडियोको निर्देशक रामकुमार बस्नेत गरेका हुन ।

भृङगेश्वरी म्युजिकले तयार पारेको गीत म्यूजिक नेपाल मार्फत  सार्वजनिक गरिएको “हजार गल्ति” गीतले दर्शक स्रोताको मन जित्न सफल रहनेमा ढुक्क रहेको मोड्ल प्रतिक्षाले बताएकी छन ।

प्रतिक्रिया