आयो चौक दाउको मेरो मायाँ कतारमा…
काठमाडौं ।
चलचित्र ‘चौका दाऊ’को नयाँ गीत मेरो मायाँ कतारमा सँधै हतारमा…को भिडियो बिहिबार साँझ रिलिज गरिएको छ । निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरेको हो ।
आगामी २७ पौषबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो । चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यो गीतको संगीत गरेका हुन् । श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गायका छन् ।
यो आईटम गीतमा सोनीका केसीको निकै कामुक शैलीको आईटम नृत्य रहेको छ । यो नृत्यमा सोनीकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई लगायतलठ्ठिएको दृष्य हेर्न पाईन्छ । गीतको नृत्य निर्देशन बसन्त श्रेष्ठले गरेका हुन् ।
गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षसँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ ।
यो चलचित्रमा वर्ष राउत, अजश्र ढुँगाना, विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसीलगायतको अभिनय छ ।
दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रमा मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ । चलचित्रलाई सौर्यजीत बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन् ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया