दुई अज्ञात पुरुषको लास प्राप्तिले रौतहटमा सनसनी
सञ्जय मित्र, रौतहट
रौतहटमा एकै दिन दुईजना पुरुषको लास भेटिएपछि सनसनी मच्चिएको छ । रौतहटको दुई छिमेकी नगरपालिका गरुडा र माधवनारायणमा एक एक पुरुषको लास पाइएको छ । बिहीवार दिउँसोसम्म कसैको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।गरुडा नगरपालिका ८ जिंगडियाको मूल सडकखन्डको नालामा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक करिब ३५ वर्षको पुरुष भएको इप्रका गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी गराएका छन् ।
माधवनारायण नगरपालिका ६ माधोपुरमा मठको पछाडिपटि खेतमा पनि एकजनाको लास रहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक करिब २६ वर्षको पुरुष रहेको इप्रका गरुडाले जनाएको छ ।
मृतकको हुलियासहित अन्य जिल्लामा पनि जानकारी गराएको तर दिउँसोसम्म पनि कतैबाट सनाखतको लागि कोही नआएको प्रनि ओझाको भनाइ छ । दुवैजनामध्ये
कोहीसित पनि पहिचान खुल्ने कुनै कागजपत्र नभएको प्रहरीको भनाइ छ । दुवैजनाको मृत्यु बुधवार राति नै भएको तर बिहीबार करिब दश बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुवै जनाको लासलाई पोस्टमार्टमको लागि रौतहट जिल्ला अस्पताल गौरमा पठाइएको प्रनि ओझाले बताएका छन् ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया