केदार खडकाको भ्रष्टाचार विरूद्ध अनुसन्धानमुलक पुस्तक बजारमा

इनेप्लिज २०७५ कार्तिक १५ गते ९:३१ मा प्रकाशित

 

भ्रष्टाचारविरूद्धका अभियन्ता केदार खडकाले (नेपालः भ्रष्टाचारको समस्या) सम्बन्धी अंग्रेजी भाषामा अनुसन्धानमुलक पुस्तक प्रकाशन गरेकाछन् ।  लेखकले नेपालमा पहिलोपटक सन् १८५४ को मुलुकी ऐनदेखी हालसम्म भ्रष्टाचार रोक्न भएगरेका कानुनी तथा संस्थागत प्रयासका वारेमा मिहिन तरिकाले प्रस्तुत गरेका छन् ।

साथै भ्रष्टाचारसम्बन्धी कानुन, संस्थागत संरचना, अध्ययन प्रतिवेदन लगायत रणनीतिक प्रयासका वारेमा पुस्तकमा विश्लेषणात्मक रूपमा प्रस्तुत गरिएकाले पाठकले शुरूदेखि अन्त्यसम्म भ्रष्टाचार विरूद्धको अभियानका असफलतालाई फरक ढंगले बुझ्नेछन् ।

साथै उनले नेपालमा १९ वटा भ्रष्टाचारविरूद्ध खवरदारी गर्ने संस्था, तिनको प्रभावकारिता तथा त्यस्ता संस्थाको अन्योलतापूर्ण भूमिकालाई उजागर गरेकाछन् । नेपालमा भ्रष्टाचारविरूद्ध बलियो कानुन छ, संस्थागत संरचनाछन्, रणनीतिक योजना बनेकाछन् तर पनि किन भ्रष्टाचार घट्नु भन्दा बढी रहेको छ भन्ने विषयलाई राष्ट्रिय प्रयास र अन्र्तराष्ट्रिय अभ्याससँग दाँजेर हेर्ने प्रयास गरेकाछन् ।

त्यसैगरी भ्रष्टाचार नियन्त्रणकै लागि बनेका एक दर्जन कानुन छरिएर रहेकाछन् । जसले गर्दा अनियमितता र भ्रष्टाचार गर्नेका बिरूद्ध अनुसन्धान, तहकिकात गरी भ्रष्टाचारीलाई कानुनी सजाय गर्न कठिन हुनुका साथै दोषिकरार गर्न विलम्ब हुने गरेको विषयमा सैद्धान्तिक तथा व्यवहारिक कोणबाट विस्तार पूर्वक प्रस्तुत गरेका छन् ।

पुस्तकमा लेखकले भ्रष्टाचारविरूद्ध समस्यामात्रै नकेलाई नीतिगत तथा संस्थागत सुधारकालागि विस्तारपूर्वक सुझाव पनि दिएकाछन् । यो पुस्तक नेपालमा भ्रष्टाचारविरूद्ध अध्ययन, अनुसन्धान गर्ने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पाठकका लागि पठनीय सामाग्री प्रकाशित गरेर लेखक केदार खडकाले भ्रष्टाचारविरूद्धको अभियानमा योगदान गरेकाछन् ।

पुस्तकका वारेमा पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, पूर्व सांसद जनकराज जोशी र विश्लेषक डा. अच्यूत वाग्लेले पुस्तकमा प्रस्तुत सामाग्री अत्यन्त उपयोगी संग्रहणीय रहेको टिप्पणी गरेकाछन् ।

नेपालः करप्सन कोनुन्ड्रम पुस्तकका लेखकले नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक अस्थितरता मात्रै नभई भ्रष्टाचारविरूद्धका कानुनी तथा संस्थागत संरचनामा नै कमजोरी रहेको उजागर गरेकाछन् ।

यूरेका प्रकाशनको ब्यानरमा प्रकाशित ‘नेपालः करप्सन कोनुन्ड्रम’ पुस्तकले हालसम्म भ्रष्टाचारविरूद्ध नीतिगत तथा संरचनागत भएगरेका प्रयास र अन्तर्राष्ट्रिय अभ्यासलाई विश्लेषणत्मक रूपमा प्रस्तुत गरिएको छ ।

पुस्तक, उच्च शिक्षाका विद्यार्थीलगायत अधिकृत तहको लोकसेवाको तयारीमा लागेका विद्यार्थीका लागि पनि त्यत्तिकै उपयोगी हुने देखिन्छ । हाल काठमाडौं लगायत मुख्य शहरका पुस्तक विक्रेतामा उपलब्ध भएको बताइएको छ । पुस्तकको मूल्य रू ३०० राखिएको छ ।

प्रतिक्रिया