गीतकार भुपेन्द्र न्यौपानेको “जुनकिरी” बजारमा (भिडियो)

इनेप्लिज २०७५ कार्तिक १४ गते २२:४२ मा प्रकाशित

अमेरिका (टेक्सास)- युवा गीतकार भुपेन्द्र न्यौपानेको “जुनकिरी” नामक गीत बजारमा आएको छ । यो उनको दोश्रो गीत हो । उक्त गीत विन्ध्यवासिनी म्युजिक प्रा लि ले बजार ल्याएको हो ।

गीतका गायक प्रताप दास हुन् भने सङ्गीत शङ्कर थापा(स्माइल) ले दिएका छन् । गीत भुपेन्द्र न्यौपानेको रहेको छ भने काजिश श्रेष्ठले निर्देशक दिएका छन् ।

उक्त गीतमा कलाकारहरू अञ्जली अधिकारी तथा काजिश श्रेष्ठको अभिनय रहेको छ । क्यामरा (चित्रग्राहिणी)अजय रेग्मीले गरेका छन् । न्यौपाने अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया