भूटानी पिनर गायक प्रताप सुब्बा सम्मानित !
अमेरिकाको टेनेसी राज्यमा एसोसियशन अफ भुटानिज कम्यूनिटिज टेनिसी द्वारा अक्टूबर् २१ आईतबारको दिन आयोजित ‘दशैं तिहार धमाका’ सांगितिक कार्यक्रममा नेपाली मुलका भूटानी पहिलो रेडियो गायक प्रताप सुब्बालाई टेनेसी भूटानी नेपाली समाजले सम्मान गरेको छ। सन १९७२ मा पहिलो गीत भूटान रेडियोमा गुन्जाँउने गायक प्रताप सुब्बाको “बन्धनको चिनो” नामक सदाबहार गीत नेपाली भूटानीहरूमा निक्कै लोकप्रिय भनेको छ।
भूटानीहरूको प्रिय स्वारका महारथी गायक प्रताप सुब्बालाई सम्मान गर्न पाँउदा टेनेसीवासी नेपाली भूटानी निक्कै खुसी छन् । दशैं तिहार धमाकालाई अझ सभ्य र भव्य बनाउन नेपाली राष्ट्रीय बहुचर्चित नेपाली शास्त्रीय गायक सत्यराज आचार्य र स्वारूपराज आचार्यको धमाकेधार प्रस्तुती रहेको थियो। नेपाली दर्शकहरूले निक्कै रूचाएका गायक द्वयले कार्यक्रमको शोभाको स्तर निक्कै उच्चा र मनमोहक बनाएका थिए। दर्शकलाई झुमाउदै सुन्दर प्रस्तुतीहरू दिएर बिदालिए । साथमा नेपाली लोकप्रिय भद्रगोल टेलीसिरियलका हाँस्य कलाकार हेरिस निरौला (कक्क्रोच) र सागर लम्साल (बले)ले पनि स्टेज तताएका थिए भने भूटानी नेपाली कलाकार किरण गजमेर र मनोरथ तिवारीहरूको भूटानी नेपाली नायक/कलाकार/निर्माता/निर्देशक केदार उप्रेतीद्वारा निर्मित गिती एल्बम “शितल” र जोर मादल” को पिनर गायक प्रताप सुब्बाको हस्त बाहुलीबाट लोकार्पण गरिएको थियो भने द्वय गायकहरूले आ-आफ्नो प्रस्तुतीहरू दिएका थिए। यसका साथै स्थानीय कलाकारहरूको निक्कै रोचक प्रस्तुतीहरू रहेका थिए।
नामसाङ्ग सुहाङ द्वारा प्रस्तुत आकर्षक गीतले दर्शकलाई निक्कै उत्तेजितका साथै हंगामा मच्चाएको थियो भने माहोल नै दशैं तिहारको जस्तो भएको थियो।नामसाङ्गलाई बाद्यबादनहरूमा आभास सुहाङ , आसोन थिगिम , किलु गुरुङ ,बिनोद सुब्बा र आइता चाम्ब्लिंग ले साथ दिएका थिए। आइता चाम्ब्लिंगको गीतले गाँउ घरको याद झल्कन्थ्यो भने उनीहरू संगै मेरो डान्स कप यू एस ए सिजन ११ का उपविजेता रंजन राईका साथै अरुणा गुरुङ , रेबिका बस्नेत र सव्य बिस्टहरूको धमाकेदार नृत्यले दर्शक झुमाएका थिए। धमाका सांगितिक कार्यक्रमको स्वागत मन्तब्य किरात कल्चरल सोसाइटी अफ टेनेसीका वर्तमान अध्यक्ष तथा टेनेसी भूटानी नेपाली समाजका अगुवा सह बाहादुर दुङमालीले गरेका थिए। यसरीनै कार्यक्रमको विशेषता र महत्वबारे संयोजक गोपाल बस्नेतले गरेका थिए भने संस्था प्रमुख सुकमान सुहाङ (सुमन) ले सबै सहयोगी हातहरुलाई धन्यबाद दिएका थिए। एसोसियशन अफ भुटानिज कम्यूनिटिज टेनिसी को तर्फबाट भूटानी गायक प्रताब सुब्बालाई समाजका प्रमुख तथा प्रतिनिधिहरू सुकमान सुहाङ, गोपाल बस्नेत तथा सह बाहादुर दुङमालीले सम्मान पत्र, ट्रफी र खादा ओढ़ाई सम्मान गरेका थिए भने सम्मान कार्यक्रमको संचालन अर्का भूटानी समाजका अगुवा तथा यूएस सक्कर रेफ्री जितु बस्नेतले गरेका थिए। दशैं तिहार धमाकाको सिंगो कार्यक्रमलाई दिपेश सुबेदी र बुद्धहाङ सुहाङ (जंगली) ले गरेका थिए।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया