राष्ट्रपतिद्वारा राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालय अवलोकन
कतार, १४ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्मित पुस्तकालयमा अरबी, अङ्ग्रेजीलगायत विभिन्न भाषाका १० लाखभन्दा बढी पुस्तक छन् । विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थलसहितको आकर्षक सुविधा सो पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी दिनुभयो ।
पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको कुरा भएको बताउँदै चार लाखभन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तक उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस किसिमको बाल पुस्तकालय र क्रीडास्थल नेपालमा पनि सान्दर्भिक रहेकाले यसको अध्ययनका निम्ति नेपाली टोली छिट्टै यहाँ पठाइने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले पुस्तकालयको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नाका साथै आफ्नो धारणासमेत लेख्नुभएको छ । उहाँले यस किसिमको पुस्तकालय सबैका निम्ति आवश्यक र उदाहरणीय रहेको विचार व्यक्त गर्नुभयो । पुस्तकालयको भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुस्तकालय अत्यन्त व्यवस्थित, आकर्षक र पठनमैत्री रहेको बताउँदै छ ।सभ्यता र अध्ययनशीलताको सूचक पुस्तकालयको विकास र विस्तारमा सरकार जागरुक रहेको स्पष्ट गर्नुभयो ।
पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यहाँको राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नुभयो । आधुनिक शैलीमा निर्मित सङ्ग्रहालयमा पुरातात्विक, सांस्कृतिक र ऐतिहासिक महत्वका वस्तु व्यवस्थित र फराकिलो गरी राखिनु सबैका लागि अनुकरणीय हुने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया