अमेरिका बोलाइएका बृद्ध बा आमालाई डलर कमाउन काममा पठाउन हामीलाई किन लाज लाग्दैन ?

विजय थापा २०७५ कार्तिक १४ गते १२:५४ मा प्रकाशित

भनिन्छ, लबस्तरा र थेत्तराको कुनै ओखति हुँदैन । माथिको शिर्षक कसैसंग मेल खाएमा संयोग मात्र हुने छ । मानिस मसान घाटमा नजाउन्जेल मानिसलाई द्रब्य चाहिन्छ । पैसाको मुख रातो हुन्छ । पैसा देखे पछि महादेवको तीन नेत्र ।

धनको डकार कहिले आउदैन । अमेरिका आफूले बोलाएको र झिकाइएको बृद्ध बाआमा तथा सासुससुरालाई समेत डलर कमाउन काममा हामी पठाउने गर्छौ । डलर कमाउन उत्प्रेरणा गर्छौ ।

किनभने अमेरिका अब एकै परिवारका तीन पुस्तेहरु बस्ने प्रचलन भै सकेको छ । नातीनातीनी,छोराछोरी तथा हजुरबुवा हजुरआमा एक साथ एकै छत माथि बस्ने गर्छन । केही समयको लागि अमेरिका आफ्ना छोराबुहारी,ज्वाई छोरी संग बसोबास गर्ने बुवाआमा ,सासुससुरा ,हजुरबुवा हजुरआमालाई समेत डलर कमाउन घर बाहिर पठाउछौ । सुहाउदो कामको खोजि गरि डलर कमाउन लगाउछौ ।

जसको कारण अमेरिका आए पछि असमझदारी बढ्ने पनि हुन्छ । दिनभरि आफू काममा जाने भए पछि घरमा त्यसै किन राख्ने भन्ने सोच आएर सानोतिनो काममा कतै भनसुन गरेर बृद्ध भएका बुवाआमा सासु ससुरा लाई समेत धकेल्छौ । अमेरिकामा वरिष्ठ नागरिक ६५ बर्ष देखि माथि उमेरका मानिसहरु काम गरेको पाइन्छ । र त्यस्तो देखे पछि नेपाल बाट आएकालाई पनि काम गर्ने उत्साह आई काम गर्ने पनि गर्छन ।

काम गर्नु पर्छ भनि प्रोत्साहन गरे काममा पनि लगाइन्छ ।
काम गर्नु पर्छ भनि प्रोत्साहन गरे काममा पनि लगाइन्छ ।

नेपालमा जीवन भर काम नगरेको मानिसलाई अमेरिकन शैलीमा काम गर्न ज्यादै गार्हो हुन्छ । किनभने घण्टाको पैसा तिर्नु पर्छ । पैसा दिनेले बृद्ध अलिक बुढो भने सोच्दैन काम र प्रतिफल चाहन्छन । धेरै अवस्थामा यस्ता बृद्ध प्रकारका लाई त्यस्तै प्रकारका हल्का काममा अल्झाइञ्छ ।

धेरै अवस्थामा यस्ता बृद्ध प्रकारका लाई त्यस्तै प्रकारका हल्का काममा अल्झाइञ्छ ।

धेरै नेपाली समुदायमा नेपालबाट आएका बुवाआमा सासुससुरा तथा अमेरिकामा रहेका छोराछोरी ,ज्वाई छोरी बीच कटु सम्बन्ध भएको अवस्था पनि छ ।

अमेरिका गए पछि छोराछोरीले बुढेसकालमा घुमाई देलान आनन्दमय जीवन बिताउला भनेर आएका अभिभावकहरु सकी नसकी काममा जाने पनि गर्छन । अमेरिकामा सपरिवार काम गर्ने चलन हुनाले बृद्ध भएका बुवाआमालाई काममा लगाई कमाई खाने मेलोमेसो पनि कति परिवारलाई भएको छ । आखिरमा नेपालबाट आएका र नेपालमा मै अवकास तथा निवृतिकरण भएकाहरु पनि काम गर्ने गर्छन ।

नेपालमा प्रसस्त पैसा खेलाउन बानी भएकालाई झन् डलर कमाउन पाउँदा झनै आनन्द हुन्छ । प्रारम्भमा आफ्नो कमाई दिने गरेता पछि पछि दिन मन लाग्दैन । छोराछोरी या ज्वाई छोरीले पहिला दिएको जस्तो सबै भाग खोज्ने गर्छन । अनि खटपट सुरु हुन्छ ।

किनभने अमेरिकामा आफ्ना मान्छे पनि कसैको घरमा बसेको छ भने कोठाको भाडा तथा अन्य को रकम दिने चलन छ । दिने गरिन्छ तर नेपालमा सरकारी या अन्य ठाउँमा हाकिम भएका ,ठुला कमाई भएकाले डलरको महत्व छिटो बुझ्ने भएकोले सोचेर दिने गर्छन ।

कुरा ठिकै हो ,आफ्ना छोराछोरीलाई किन दिनु पर्यो भन्ने लाग्दछ । तर छोराछोरीले घरको ३० बर्षे किस्ता तिर्नु पर्ने हुन्छ । अमेरिका आएका बुवाआमाको कमाई पनि घर खर्च या अन्यमा होस् भन्ने चाहना राख्दछन अनि महाभारत सुरु हुन्छ ।

यसरी आफूले जन्माएको छोरा या छोरीलाई छोडेर बृद्ध भएका आमा बुवा र अभिभावक या एकल आमा या बुवा अलगै बस्ने स्थिति पनि अमेरिकामा घटना घटेका छन् । बुवाआमाले त्यत्रो खर्च गरेर अमेरिका पठाए आफू पनि कमाउने फेरी हामी बृद्धहरुको पनि पैसा किन चाहियो भन्ने सोच्दछन । कुरा सही पनि हो । किन छोराछोरीले माग्नु ? बुवाआमाले दिदाँ पनि हुने हो । छोराछोरीले पनि न माग्दा किन नहुने ? आफ्नो कमाईले पुग्ने भए पछि किन लोभ गर्नु र नेपाल बाट आएका बुवा आमा संग माग्नु ।

तर —- माथि भने झैँ , लबस्तरा र थेत्तराको कुनै ओखति हुँदैन । मानिस मसान घाटमा नजाउन्जेल मानिसलाई द्रब्य चाहिन्छ । पैसा देखे पछि महादेवको ३ नेत्र हुन्छ भनेको यही हो ।

पैसा विवादको जड हो । पैसा को कारण आफन्त टुक्रिन्छन । पैसा को कारण आफन्त टुक्रिन्छन ।

फुट्ने ,टुट्ने ,भत्किने यही मुद्राको कारण बाट हुन्छ । पैसाले सम्बन्ध चिसिन्छ । पैसाले आपसमा दुरी ल्याई दिने हुनाले अमेरिकामा बृद्ध भएकाको कमाई खान पल्किनु राम्रो हुदैन । बुवाआमालाई सुख दिनुको बदला उल्टै बुवा आमाले बुढेसकालमा कमाएको धन तथा द्रब्य माथि गिद्धे आँखा लगाउदा टाडिनु पर्ने अवस्था सम्म आएको छ । कमाईको कारण बोलचाल बन्द ,छुट्टिएर बस्ने र नेपाल जा भन्ने जस्ता कटु बचन समेत प्रयोग गर्ने समुदाय भेटिन्छन ।

कुरा त्यसो मात्र हैन यसो पनि हो : जीवन भर कहिले पनि काम नगरेका मानिस अमेरिका आए पछि काम गर्न चाहन्छन । जुनसुकै उमेरका आएता पनि काममा लगाइदे भनि अनुरोध गर्दछन । नेपालमा अवकास या निवृतिकरण पाएका पनि काम गर्न इच्छुक देखिन्छन । काम गर्नु पर्दैन भनेता पनि धरै नपाइने हुनाले उमेर ,अनुभव र योग्यता अनुसारको जुनसुकै काममा डलर कमाउन लगाइन्छ ।

नेपाल बाट आउने बित्तिकै कैयौ आमा बुवा लाई पनि काम गर्ने रहर चल्छ । त्यो रहर मेटाउन सन्तानले काम खोजि दिने पनि गर्छन । काम गर्दा शरीरलाई पनि फाइदा हुने हुन्छ । काम नगरी बसेमा मांसपेसी खुम्चने र शरीरमा अन्य रोग लाग्ने पनि हुन्छ । काम गर्दा धेरै फाइदा पनि हुन्छ । काम नगरी बसेमा अन्य रोगले समेत च्याप्ने हुन्छ । शरीर स्वास्थ्य बनाउन काम गर्नु राम्रो पनि हुन्छ । तर उनीहरुले पनि कमाउन भन्ने सोच चै छोराछोरीले राख्नु हुदैन ।

कहिले कामको अनुभव नहुँदा पनि छोराछोरीले काममा लगाई दिन्छन । फुरुक्क हुन्छन । सबै कुरा जे भने पनि किनी दिन्छन तर कमाई दिदै गर्दा पछि डलर को चस्का लागे पछि कमाई दिन आलटाल गर्ने भए पछि आफ्नै बुवाआमा संग पनि मन कुडिन्छ । त्यहाँ बाट सुरु हुन्छ चिसोपन । अनि पछि शितयुद्ध भै सम्बन्ध बिग्रिन्छ ।

यस्ता कुरामा हामीले ध्यान दिनै पर्छ । यस्ता कुरामा हामी सबैले ठुलो मन बनाउनु पर्छ । आफुले जन्म दिने आमा बुवा संग यस्ता कुरामा अल्झनु हुदैन । सबैले श्रद्धा भक्ति जताउनु पर्छ । वहाहरुको कमाईले हाम्रो अमेरिकन जीवन चल्दैन । कसैले यस्तो नसोचोस । कसै बीच यस्तो घटना न घटोस ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया