क्यालिफोर्नियामा भारतीय मूलका जोडी स्वयम को तस्बिर (सेल्फी) लिने क्रममा लडेर दुबैको निधन
क्यालिफोर्नियामा केरलाका भारतीय मूलका जोडी स्वयम को तस्बिर (सेल्फी) लिने क्रममा लडेर दुबै जनाको निधन भएको संचार माध्यमले जनाएका छन् । क्यालिफोर्निया स्थित ओसेमिटी नेसनल पार्क ( राष्ट्रिय उद्यान)मा उक्त घटना भएको हो ।
उक्त राष्ट्रिय पार्कको चट्टानको छेउमा गएर २९ बर्षिय बिष्णु विश्वनाथ तथा ३० बर्षिय मिनाक्षी मुर्तिले स्वयमको तस्बिर लिने क्रममा झरेर मृत्यु भएको खबर उनीहरुका परिवारका सदस्यहरुले दिएका छन् । उक्त उच्च स्थानमा रहेको चट्टानमा बार्दली ( रेलिङ्ग) नभएको कारण उनीहरुका शव गत हप्ता बिहिबार मात्र प्रहरीले फेला पारेको जनाएको छ ।
विश्वनाथको भाइले भारतीय संचार माध्यमलाई जोडीले स्वयमको तस्बिर लिने क्रममा दुखद घटना भएको बताएका थिए । मृतक जोडी अमेरिकामा बसोबास गर्ने र यस्ता साहसिक कार्यमा र भ्रमण जान सदैव उत्साहित हुने गरेको संचार माध्यममा समाचार छ । हालसालै इन्स्टाग्रममा आफूले खिचेको तस्बिर राख्दै मुर्तिले के “हाम्रो जीवन केवल एक तस्बिरको लायक छ” भनि लेखेकी थिइन् ।
प्रहरीलेहरुले अनुसन्धान गरिरहेका छन । उक्त जोडी कम्तिमा पनि ८ सय फिट मुनि खसेका थिए । शवलाई झिक्न निकाल्न हेलीकप्टर प्रयोग गरिएको समाचार याहु डटकममा छ । भारतमा सन् २०११ देखि स्वयम को तस्बिर खिच्ने क्रममा १ सय ५९ जनाको मृत्यु भै सकेको एक अध्ययनले वताएको छ ।
मृतक विश्वनाथ सूचना प्रविधिका अभियन्ता थिए भने सन जोसमा काम गर्दथे ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया